कुमरखोद, मंसिर ३० / ।लायन्स क्लव झापा गाउँपालिकाको अध्यक्षमा सामाजिक व्यक्तित्व जयनारायण शाह चयन भएका छन् । अध्यक्ष शाहको नेतृत्वमा वर्ष २०२४–२५ लागि ३७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको पहिलो उपाध्यक्षमा अन्जुदेवी थपलिया , द्वितीय उपाध्यक्ष महेन्द्र प्रसाई , तृतीय उपाध्यक्ष जगन्नाथ राजवंशी , सचिव ठोमनाथ नेपाल , कोषाध्यक्ष वसुन्धरा थपलिया , टेल टुईस्टर लोचन यादव , टेमर विशाल तिवारी , जनसम्पर्क अधिकारी सागीरथप्रसाद गणेश चयन भएका छन् ।
झापा वजारमा रहेको सामुदायिक रेडक्रसको भवनमा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ सी डिष्ट्रिक गभर्नर विकास अधिकारी रहेका थिए । त्यसैगरी विशेष अतिथि झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया ,अतिथिहरु सेकेन्ड भाईस गभर्नर लिला चिमरिया , क्याविनेट सेक्रेटरी उदयनारायाण वराल , क्याविनेट ट्रेजरर रमेश खत्री , डिस्ट्रीक चीफ रुपनारायण खतिवडा र जिल्ला समन्वय समितीका सदस्य जलाल अलीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लवको उद्धेश्य र यसको नीतिको वारेमा जानकारी गराएका थिए । यसैगरी सेकेन्ड भाईस गभर्नर चिमरियाले लायन्स क्लव एक नेतृत्व , व्यक्तित्व विकास एवं समाजसेवा गर्ने संस्था रहेको बताएका थिए नवनियुक्त सेक्रेटरी ठोमनाथ नेपालले संचालन गरेको कार्यक्रममा डिस्ट्रीक चीफ रुपनारायण खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।