७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

धानको मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८०, खाद्यले धान किन्न थाल्यो



बिर्तामोड २० ,मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले धानको समर्थन मूल्य तोकेर धान खरिद गर्न थालेको छ । खाद्यले रंजित र सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको हो । पहिलो चरणमा १५ हजार क्वीन्टल सोना मन्सुली र ५ हजार क्वीन्टल रंजित किन्ने तयारी गरिएको खाद्य व्यवस्था कम्पनी बिर्तामोडकी कार्यालय प्रमुख चुलमाया लोवाले बताइन् । उनले बिर्तामोडमा ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा रहेको जानकारी दिइन् ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार यो वर्ष जिल्लामा ३ लाख ८५ हजार १९६.५ मेट्रिक टन धान उत्पादन भएको छ । केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले गत वर्षभन्दा ८ हजार ७९१ मेट्रिक टन धान बढी उत्पादन भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : १० बजे