गौरीगंज १०, मंसिर / झापा उद्योग वाणिज्य संघ गौरीगंजको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गौरीगंज गाउँपालिका वार्ड नं. –३ स्थित उद्योग वाणिज्य संघको भवनमा हुनेछ ।
वाणिज्य संघको अध्यक्षसहित कार्यसमितिका १४ पदका लागि ३१ जना उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।
उद्योग व्यवसायिहरुको रखवारी, युवा नेतृत्वको उम्मेदवारी भन्ने नारासहित रमेश प्रसाद राजवंशी नेतृत्वको प्यानल र उद्योग वाणिज्यमा परिवर्तन, युवा नेतृत्वको चयन भन्ने नारासहित रुपक श्रेष्ठको नेतृत्वको प्यालनबीच प्रतिस्पर्धा हुदैछ । अध्यक्षका उम्मेदवार राजवंशी रेमिट्यान्स व्यवसायी हुन् भने श्रेष्ठ पुस्तक तथा स्टेसनरी व्यवसायी हुन् ।
गौरीगंज गाउँपालिका भित्रका ३ सय १२ जना व्यवसायीहरु वाणिज्य संघको सदस्यहरुले निर्वाचनमा भाग लिने निर्वाचन समितिका संयोजक गोविन्द घिमिरेले जानकारी गराएका छन् । निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार मतदाताहरुले मोवाइल, हातहतियार मतदान क्षेत्रमा लान नपाउने, असक्क्त वा मृतक मतदाताहरुको हकमा पहिचान खुल्ने नजिका आफन्तहरुले मतदान गर्न सकिने बताए ।
१० मंसिर २०८१, सोमबार
294
Shares