२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

किस्ने खोलाको पुलबाट हाम फालेर एक व्यक्ति वेपत्ता



गौरीगंज ११ असोज/ गौरीगंज गाउँपालिका वार्ड नं. ४ र वार्ड नं. २ को किस्ने खोलाको पुलबाट एक व्यक्ति आज बेलुका करिब ४ बजे हाम फालेर वेपता भएको स्थानियहरुले बताएका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. २ भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया वेपत्ता भएको प्रहरी बताएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेको ले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक रामचन्द्र साहले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ०१ बजे