२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्ग



काठमाडौं ८ , साउन/ नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा विपन्न र मध्यम वर्ग रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ मा आत्महत्याबाट प्रभावितमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्गीय परिवारको रहेको उल्लेख छ । अध्ययनमा संलग्न नेपाल प्रहरी अस्पतालका वरिष्ठ मनोचिकित्सक आशिष दत्तका अनुसार, प्रत्येक प्रदेशका २/२ वटा जिल्लामा पुगेर गरिएको सर्वेक्षण, गहन अन्तर्वार्ता, छलफल र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट २०७८/०७९ र ०७९/८० को आत्महत्यासम्बन्धी तथ्यांकमा आधारित रहेर अध्ययन गरिएको थियो ।

त्यसक्रममा सबैभन्दा बढी आत्महत्या गर्नेमा कृषि पेशामा संलग्नहरु देखिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत रहेका दत्तका अनुसार, दुई वर्षमा आत्महत्या गर्नेमध्ये ४६.२ प्रतिशत कृषि पेशामा आवद्ध थिए । त्यसपछि क्रमशः १७.९ प्रतिशत श्रमिक, १५.४ प्रतिशत विद्यार्थी, ११.६ प्रतिशत गृहिणी र अन्य पेशामा आबद्धहरु थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ३० बजे