२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा एकदम धेरै पानी पर्ने सम्भावना



प्रतीकात्मक तस्बिर

आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय रहेकोले देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला र कोशी प्रदेशका पूर्वी जिल्लाका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । बाँकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  १० : १६ बजे