९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘बाच्न पनि मन छैन अब, बरू यहि खाेलाले बगाएर लाँदा हुन्थ्याे मलाई’ : रतुवा पुल ( अन्तर्वार्ता पढ्नुहाेस् )



१७ कार्तिक २०७७, सोमबार कोचिला न्युजमा प्रकाशित यो अन्तरवार्ता पुनः प्रकाशित गरिएको छ ।

पत्रकार : तपाईकाे शुभ नाम ?
रतुवा पुल : हजुर , मेराे नाम रतुवा पुल हाे ।

पत्रकार : तपाईकाे जन्म कहिले भएकाे हाे ?
पुल : हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिका र माेरङ्गकाे रतुवामाई नगरपालिका बीच रतुवा खाेलामा मेराे घर हाे । मेराे जन्म आर्थिक वर्ष २०६४/६५ मै भएकाे हाे । उमेरले १२ बर्ष पुगे । मलाई जन्माउन नेपाल सरकारले कालिका अाेएसीस जेभीलाई १० कराेड ३२ लाख ९१ हजारमा ठेक्का दिएकाे थियाे । जन्म त दियाे मलाई सरकारले। तर अपाङ्ग बनाएर छाेड्याे हजुर मलाई !

पत्रकार : कस्ताे अपांग बुझिन, जस्ताे ?
रतुवा पुल : अच्चम, कस्ताे पत्रकार तपाईं ? बुझ्नु भएन । मलाई भन्न लाज लागिराछ । मेराे अपांगताकाे सेल्फी लिन मात्र अाउँछन् । फाेटाे खिच्न अाउँछन् । मेराे अपांगताले हाेला नेताहरू टाढैबाट अनुगमन / हेरेर फर्किन्छन् । अहिले सम्म मेराे अपाङ्गताकाे खिल्ली मात्र उडाईरहेका छन् । नेताहरू भेट्न अाए जस्ताे गरि मेराे ( पुलकाे) सेल्फी लिएर मलाई पुर्ण बनाईदिन्छु भनेर अास्वासन मात्र दिदै अाएका छन् । राष्ट्रिय तथा स्थानिय पत्रकारहरूकाे लागि पनि राम्रै समाचार बन्ने गर्छु । उहाँहरूकाे लागि म राम्रै खुराक बन्ने गर्छु । तर अहिले सम्म मेराे जन्मैदेखिकाे अपांगतालाई निकाे पार्ने कहि कतै निकाे पार्ने प्रयास गरिएकाे छैन । सरकारले जन्म दियाे तर अपांग बनाएर छाेडेकाे छ, १२ बर्ष देखि ।

पत्रकार : तपाईलाई के गर्नु पर्ने हाे त सरकारले स्पष्ट पारिदिनुहुन्छ कि ?
पुल : हेर्नुहाेस्, सर्वप्रथम त मेराे लम्वाई जति हुनु पर्ने हाे त्याे नै कम बनाईदियाे । कम्तिमा ५ सय मिटर लम्बाई बनाउनु पर्नेमा २ सय ५ मिटर मात्र बनाईदिएकाे छ । जसले खाेलाकाे धार बर्सेनि परिवर्तन भएर मेराे मुनिबाट नबगेर अर्काे तिर बाट बग्ने गर्छ । वर्षामा मानिसहरू बर्सेनि दुःख खेपिरहेका छन् । म मानव जातिलाई अति नै माया गर्छु । उहाँहरूलाई सेवा दिन चाहन्छु । खाेलाकाे दुवै तिरबाट कम्तिमा ३ किलाेमिटर मेराे (पुलकाे) उत्तर दक्षिण ढुंगा जालीकाे बाँध बाध्नु पर्छ । अनि मेराे हुलाकी सडक संगकाे नाता पनि छ । त्याेसंग जाेड्दिनु पर्याे सरकारले । यति भएपछि म पुर्ण हुन्छु, बस ! यति नै हाे मेराे ईच्छा । तर, बनाईदिन्छु गर्दिन्छु भन्दै प्रधानमन्त्री केपी शर्मा अाेली ज्युका नजिकका नेता तथा कार्यकर्ताहरू मलाई भेट्न अाउँछन् । अहिले सम्म भनेकाे सेल्फि र फाेटाे लिने मात्र काम भएकाे छ ।

पत्रकार : प्रधानमन्त्री केपी ओली ज्युले त रतुवा खाेलाकाे पाता फर्कादिन्छु भनेकै हाे नि ? ढिलाे चाडाे बनाईदिनुहुन्छ हाेला नि त ?
रतुवा पुल : प्रतिनिधिसभा चुनावताका ओलीले अब म जितेर गएपछि रतुवाको पाता कसिदिन्छु भन्दै चुनावीसभामा भाषण गरेका थिए । जितेर गएका ओली आफ्नाे निर्वाचन क्षेत्रकाे दक्षिणी क्षेत्र कहिले फर्किएनन् । । अहिले पनि जनताले टिप्पणी गर्दै भन्ने गर्छन् । प्रधानमन्त्री ओलीले पाता कसिदिन्छु भनेको रतुवाले मानिसहरूकाे पाे पाता कसिरहेको छ । मलाई त झन कुरूप नै बनाईराखेकाे छ ।

पत्रकार : तपाईलाई (पुललाई) अपांग कसरी बनायाे ? हामीलाई त्यस्ताे त लाग्दैन ?
रतुवा पुल : सरकारकै पहलमा पक्की पुल अर्थात मलाई त बनायाे तर म (पुल) प्रयोग हुन सकेकाे छैन । बाँसको भाटे पुलबाट शुल्क तिरेर दैनिक सयौं मानिस आउजाउ गर्नुपर्छ जाेखिमपुर्ण तरिकाले । यदि मलाई (पुल)लाई पुर्ण रूपम निर्माण गरिदिएकाे भए मानिसहरू म माथिबाट अाउजाउ गर्थे । बाँसकाे पुलबाट जाेखिम पुर्ण यात्रा गर्नु पर्दैन्थ्याे हाेला । ज्युधनकाे नाेक्सानी हुदैन थे हाेला । बस गाडी कुद्थे हाेला । प्रदेशकाे राजधानीसंग दुरदराजका मानिसहरूकाे पहुच बढ्थ्याे हाेला । ग्रामीण क्षेत्रका मानिसहरूकाे अाय अाम्दानी बढ्थ्याे हाेला । तर यी कुनै कुरा भएकाे छैन । मानिसहरू केही गर्न सकेका छैनन् र केही बन्न सकेका छैनन् । केवल मेरै कारणले हाे । त्यसैले म अपांग नभई के हाे त ? भन्नूस तपाईं नै ! मलाई सपांग बनाउन सरकारकाे अलिकति पनि ईच्छा शक्ति छैन । केबल मलाई बैशाखी दिएर सस्ताे लाेकप्रियता कमाईरहेका छन् । हरेक वर्ष चाराे छरे जस्ताे गरि सडक विभागबाट १०/१२ लाख छुट्टयाउछन् केवल कार्यकर्ता रिझाउन ।

पत्रकार : अब त केपी ओली सरकारकाे पनि धेरै समय छैन । के लाग्छ तपाई( पुल) लाई सपांग बनाउछन् त सरकारले ?
रतुवा पुल : मलाई शुरूमा पुर्ण विश्वास थियाे । दुईतिहाईकाे सरकार बनेकाे छ । पक्कै बनाउला भन्ने पूरा विश्वास थियाे । अब त झिनाे अाश पनि छैन । मरिसकेकाे छ । सायद हुन सक्छ यस गाैरीगंज क्षेत्रका मानिसहरूले प्रधानमन्त्री अाेलीलाई उनलाई चाहे जति भाेट नदिएर हुन सक्छ । त्यसैले हाेला
मलाई यस्तै अपांग बनाएर राखे हाेला । भन्नूस म के गरू ! तर एउटा उपाय हुन सक्छ । जनता त जाग्नु पर्याे ।जनताले चाहयाे भने बन्न सक्छु । जनताले दबाब दिन सक्नु पर्याे । दुबै पालिकाकाे जनताहरू डेलिगेशन जानुपर्याे । सिंहदरवार घेर्नु पर्याे । अनि तपाईं जस्ताे पत्रकारहरूले कलम चलाउनु पर्याे तेज गतिका साथ । त्यति भयाे भने मात्र सम्भव छ । नभए अरू कुनै उपाय छैन । नेताहरू त्यसका कार्यकर्ताहरूसंग त म वाक्क दिक्क भईसके । अाश मरिसक्याे । मलाई कुरूप बनाई राख्ने भए यिनीहरू ।

१२ वर्ष मेराे उमेर पुगिसक्याे । अब केही गरू, केही सेवा गरू भन्ने मेराे पनि ईच्छा छ । अपांग समितिका मानिसहरू पनि चुपचाप बसेका छन् । केही बाेलेका छैनन् मानाै सरकारका मानिसहरू जस्ताे । सरकारमा नेकपा पार्टीका मानिसहरू छन् । उनीहरू पनि त्यैँ चुप मै चुप छन् । मेरा पक्षमा बाेल्ने लेख्ने काेही भएनन् । नेताहरूलाई पनि टाउकाे दुखिसकाे हाेला । मेराे अपांगता देखेर । जनताहरू पनि धेरै दुःख पाईसके ।
याे अपांगताकाे जिन्दगी पनि जिन्दगी हाे र बेकार रछ ? बाच्नु पनि मन छैन अब । बरू यहि खाेलाले बगाएर लादा हुन्थ्याे मलाई । बाच्नु भन्दा मर्नु बेस !

पत्रकार : हाेईन तपाईलाई त सडक विभागले बेला बेलामा खर्च दिएकै छ ? पालिकाहरूले पनि गत वर्ष खर्च गरेकै हाे नि ?

रतुवा पुल : हेर्नुस मलाई नगिज्याउनुहाेस् । कमजाेरलाई सबैले हेप्छन् । केन्द्र सरकारले हेपेकै छन् । स्थानियले गत वर्ष केही खर्च गर्याे । त्यतिले पुग्छ र भन्या । याे सब नाटक हाे नाटक । कार्यकर्ता पाल्ने मेलाे मात्र हाे । सडक विभागकाे त कुरै नगरूम । कहिले भन्छ । मेराे लम्बाई सानाे भयाे रे । कहिले भन्छ । यतिले नै भईहाल्छ । पुलकाे पाया थप्ने कुरा गर्छ । नयाँ डिजाइन बनाउँछ । विभाग त पागल भईसकिया छ पागल । किन थप्नु पर्याे मलाई ? भएकाेलाई बनाउ । सपांग बनाउ । खाेलाकाे दुवै तर्फ ढुंगा र तार जालीले तटबन्ध गर बस पुग्छ मलाई ।

याे गर्नु त कता- कता जिल्ला र केन्द्रबाट अनुगमन आउँछन् सरकारका मानिस र नेताहरू । टाढै बाट हेरेर भाग्छन् । किन आउथ्याे उनीहरू मेराे नजिक ? म त अपांग छु नि । खर्च गर्नु पर्छ । वजेट दिनु पर्छ । ठुलाे धन राशि खर्च गर्नु पर्छ ।

( मानिसहरूसंग मात्र अन्तरवार्ता लिने गरेकाे प्रचलन रहेकाे छ । तर प्रस्तुत अन्तरवार्ता  निर्जिव वस्तु पुललाई प्रतिकात्मकरूपमा सर्वश्रेष्ठ प्राणी व्यक्ति ठानेर व्यङ्ग्यात्मकरूपमा अन्तरवार्ता प्रस्तुत गरिएकाे छ । पढेर प्रतिक्रिया दिनुहाेला ।) प्रस्तुति : आत्माराम राजवंशी

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ८ : ४० बजे