१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागूऔषध सहित १ जना महिला नियन्त्रणमा



दमक२४, जेठ / प्रहरीले झापा दमकबाट लागुऔषधसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

आज दिउँसो २ः३० बजे दमक-४ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

गौतमले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गौतमको शरीर तथा घरकोठाहरु खानतलासी लिँदा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ९ ग्राम ५३० मिलिग्राम बरामद गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ५१ बजे