१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागुऔषध दुर्ब्यशन बिरुद्द गौरीगंजमा ‘सुरुङ्ग’ नाट्य वृतचित्र प्रदर्शनी



गौरीगंज १३, जेठ/ झापाको गौरीगंजमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउने उदेश्यले ‘सुरुङ्ग’ नाट्य बृत्तचित्र प्रदर्शन गरिएको छ । गौरादह जेसिजको प्रस्तुतिमा गौरीगंज गाउँपालिकाको आयोजनामा, इलाका प्रशासन कार्यालय गौरीगंज, उद्योग वाणिज्य संघ गौरीगंज, सशस्त्र सिमा सुरक्षा वल गौरीगंज र नेपाल रेडक्रस सोसाइटी गौरीगंजको सहकार्यमा करिब डेढ दर्जन कलाकारहरुले प्रस्तुति दिएका थिए ।
लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्ध सचेतना जगाउने उद्धेश्यले नाटक निर्माण गरी गौरीगंज र गौरादह क्षेत्रमा चोक, बजार तथा विद्यालयहरुमा प्रदर्शन गरिने जेसिज अध्यक्ष खड्ग थापाले बताए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले छिमेकी मुलुक भारतको सीमाना देखि नजिक दुरिमा रहेको गौरीगंज र गौरादह क्षेत्र तथा आसपासका पालिकाहरुमा लागूऔषध तथा दुर्ब्यशन प्रयोगकर्ताको संख्या भुसको आगो जस्तै अत्यधिक रुपमा फैलिरहेको छ । कोठाभित्र आयोजना गरिने सचेतनामुलक कार्यक्रमले मात्र लागुऔषध दुर्व्यसन नियन्त्रण सम्भव नभएकोले त्यसका लागि फरक ढङ्गबाट अगाडी बढाउन सकिने बताए ।
मनोरञ्जनका साथसाथै जनचेतना फैलाउने उद्धेश्यले सचेतनामुलक नाटकको प्रदर्शनी एबम वृतचित्र प्रदर्शनीमा जेसिज अगाडि बढेको अध्यक्ष थापाले जनाए ।
मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहका अध्यक्ष वरिष्ठ नाट्यकर्मी भरत गुरागाँईको प्रशिक्षणमा करिब डेढ दर्जन जति गौरादहका केही पुराना तथा उदीयमान कलाकारहरु नाट्य कार्यशालामा सहभागी भएका छ्न् ।
कार्यशालाबाट स्थानीय कलाकारको संयोजनमा दुर्व्यसन विरुद्धको सचेतनामुलक नाटक निर्माण गरी प्रदर्शनी गर्ने गौरीगंज र गौरादह जेसिजले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १० : ५२ बजे