६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

गाैरीगंज अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महताेकाे परिवारलाई राहत स्वरूप ५ लाख ५० हजार दिने पालिकाकाे निर्णय



गाैरीगंज २३, बैशाख / गाैरीगंज अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएका महेश कुमार महताेकाे पिडित परिवारलाई ५ लाख ५० हजार रूपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय भएकाे छ । गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा बसेकाे कार्यपालिका वैठकले आज साेमवार उत्त निर्णय गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले राहत स्वरूप ५ लाख र क्रिया खर्च ५० हजार रूपैयाँ पिडित परिवारलाई दिने कार्यपालिका वैठकले निर्णय गरेकाे जानकारी दिएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी निवासी रामदेव महताेकाे छाेरा अन्दाजी वर्ष ११ का महेश कुमार महताेकाे उपचारका क्रममा वैशाख २० गते शुक्रबार मृत्यु भएकाे थियाे । शुक्रबार विहान अन्दाजी ६ बजे झाडापाखाला लागेपछि गाैरीगंज अस्पताल लगिएकाे थियाे । उपचारका क्रममा चिकित्सक तथा कर्मचारी चारीहरूकाे लापरवाही भएकाे कारण मृत्युु भएकाे पिडित परिवारले आराेप लगाएका थिए । पिडित परिवार, आफन्त र स्थानीहरूले अस्पतालमा दिनभर विराेध प्रदर्शन गर्नुका दिनभर ढुंगामुढा गरेका थिए । अस्पतालकाे झ्यालकाे शिशा, ढाेका तथा अस्पतालले प्रयाेग गर्ने शर्वर तथा अन्य भाैतिक संरचनामा लाखाैकाे क्षति पुगेकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे राेहवरमा गाैरीगंज अस्पताल व्यवस्थापन समिति र पिडित परिवार बीच सहमति भएपछि मृतकलाई पाेष्टमाटमका लागि धरान लगिएकाे थियाे ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ०२ बजे