११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

हात्तीको आक्रमणबाट पत्नीको मृत्यु, पति घाईते



दमक/ झापाको शिवसताक्षी ११ मा बुधबार जंगली हात्तीको आक्रमणबाट पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन ।
साँझ करिब ६ बजे  रतुवामाई आयोजनाको बन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीय ६० वर्षीया पवित्रा भेट्वालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । उनका पति दिलिप भेट्वाल घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएको छ । भेट्वाल दम्पत्ती आज दिउँसो दाउरा खोज्न गाउँसँगै जोडिएको सो वनमा गएका थिए ।
यसअघि २०७९ पुषमा शिवसताक्षी ११ मै जङ्गली हात्तीको आक्रमणमा परेर ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको मृत्यु भएको थियो भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ४८ बजे