३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दैनिक १५० भन्दा बढी लागुऔषध सेवनकर्ताहरुको सीमानाकामा आवतजावत, गौरीगंजमा सचेतना कार्यक्रम



गौरीगंज ४, फागुन / पछिल्लो समयमा गौरीगंज क्षेत्रमा लागुऔषध दुब्र्यशनी सम्बन्धि घटनाहरु दिनानुदिन बढ्दै गएपछि सम्बन्धित सरोकारबाला निकायहरुले चासो लिन थालेका छन् । गौरीगंज क्षेत्र भित्रका नाकाहरुबाट दैनिकरुपमा भारतीय सिमापार गएर लागुऔषध सेवन गर्ने व्यक्तिहरुको आवतजावत भयावह देखिएपछि सरोकारवाला निकायहरुले चासो लिएका हुन् । इलाका प्रहरी कार्यालय गौरीगंजका अनुसार दैनिक १५० जना भन्दा बढी लागुऔषध सेवनकर्ताहरुले सीमानाकामा आवतजावत गर्ने गरेका छन् ।

आज शुक्रवार गौरीगंज गाउँपालिका, इलाका प्रशासन कार्यालय गौरीगंज, इलाका प्रहरी कार्यालय, सशस्त्र सिमा सुरक्षा वल फत्तेपुरले संयुत्तरुपमा लागुऔषध दुब्र्यशनी सम्बन्धि सचेतना तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेका छन् । उद्योग वाणिज्य संघ गौरीगंजको सभाहलमा आयोजना गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरविन्द साहले भिडियो क्लिप मार्फत लागु पदार्थ भनेको के हो ? कति प्रकार लागु पदार्थ हुन्छन् ? लागु पदार्थबाट बच्ने उपाय, लागु पदार्थ दुब्र्यशनी नियन्त्रण, कस्ता कस्ता पदार्थलाई लागु पदार्थ भनिन्छ ? , लागु पदार्थको लत भनेको के हो ? लागु पदार्थका असर, लागु औषधको उत्पादन र लागुऔषधको कारोबारबारे जानकारी गराएका थिए ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समग्र झापा जिल्ला र गौरीगंज गाउँपालिका भित्रको लागुऔषध दुब्र्यशनीको मुद्वा दर्ता र कारोबारीको विवरण प्रस्तुत गरिएको थियो । इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणीले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, शसस्त्र सिमा सुरक्षा वल फत्तेपुरका डिएसपी कृष्णहरी घिमिरे, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरी, वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गन्गाई, कार्यपालिका सदस्यहरु अघनु प्रसाद राजवंशी, राधा अधिकारी, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, विद्यालयका प्रअ तथा शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विद्यार्थहरुको सहभागिता थियो । उत्त कार्यक्रममा लागु औषध सम्बन्धि अन्तक्र्रिया समेत गरिएको थियो । सहभागिहरुले आलुऔषधको अवस्था, समस्या र समाधानबारे आ– आफ्नो धारणा राखेका थिए ।
गौरीगंज क्षेत्र भित्रका नाकाहरुबाट दैनिक भारतीय सिमापार गएर लागुऔषध सेवन गर्ने व्यक्तिहरुको आवतजावत भयावह देखिएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज उपलब्ध गराएको विवरण अनुसार फत्तेपुर नाकाबाट ४२ देखि ४५ जना, बाह्रसुद्वि तथा सतार बस्तिबाट ३० देखि ३५ जना, आल्ताबारी नाकाबाट २० देखि २५ जना, भाकुरमारी नाकाबाट १५ देखि २० जना,भान्सार नाका (पालसा) नाकाबाट २० देखि २५ जना दैनिक सिमापार गएर लागुऔषध खाएर आउने गरेको छ । उनीहरु करिब १५ बर्षदेखि ५५ वर्ष उमेरका व्यक्तिहरुले लागु औषध सेवन गरेको प्रहरुले जनाएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय गौरीगंजमा आर्थिक वर्ष ०७८÷०७९ मा ६ वटा मुद्वा दायर भएको थियो भने आर्थिक वर्ष ०७९÷०८० मा २ वटा र ०८० ÷०८१ मा ५ वटा मुद्वा दायर भएको छ । त्यस मुद्वामा २३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ०६ बजे