१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज मंगलवारदेखि सुरु



गौरीगंज ८, माघ / गौरीगंज गाउँपालिकाका वार्ड नं. १ स्थित महाभारा खेलकुद मैदान (महाभारा रङ्गशाला)मा ३ दिवसीय गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज मंगलवारदेखि सुरु भएको छ ।
कोशी प्रदेशका प्रदेश सभामुख माननिय अमर बहादुर विष्टले ब्यानर पढेर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । गौरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा भएको प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी भन्ने नाराकासाथ शुरु भएको हो । उक्त अवसरमा स्काउट र विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।
गौरीगंज गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका सबै वडाका सामुदायीक तथा निजी विद्यालयका छात्रछात्राहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभाका सभामुख विष्टले यस्ता किसिमको प्रतियोगिताले विद्यार्थीहरुलाई खेलकुद प्रति अभिरुची बढ्नुका साथै उर्जा थपिने बताएका छन् । शिक्षा र खेलकुदको माध्यमले गाउँपालिकालाई विकसित बनाउने र गौरीगंज गाउँपालिका वार्ड नं. १ मा रहेको खेलमैदानका लागि आवश्यक बजेटको लागि पहल सभामुख विष्टले प्रतिवद्वता व्यक्त गरे । राष्ट्रपति रनिङ्गशिल्ड जस्ता प्रतियोगिताले भोलीका दिनमा यहाँका बालबालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरका खेलमा समेत भाग लिन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेलाई गाउँपालिकाले पुरस्कारको पनि व्यवस्था गरेको बताइएको छ । उद्घाटन कार्यक्रममा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, आदर्श मावि टटुवामारीका प्रअ लक्ष्मण राजवंशीलगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताको व्यवस्थापन बाल कल्याण माविले गरेको थियो भने कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाई,वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, प्रशासकिय अधिकृत विरेन्द्र खड्का, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, वडा सदस्यहरु राजभत्त सुनुवार, रेखा राजवंशी, सर्मिला राजवंशी, कृष्ण महतो, बाल कल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर राजवंशी, एमालेका नेता विद्यानन्द राजवंशी, निवर्तमान प्र.अ. भोला खतिवडा, विश्व अधिकारी,गाउँपालिकाका प्रत्येक सामुदायीक विद्यालयका प्र.अ.शिक्षक, बालबालिका, जनप्रतिनिधि, कर्मचारी, प्रहरीलगायतको सहभागिता रहेको थियो । औचारिक कार्यक्रमको स्वागत शिक्षा शाखा प्रमुख टंक खरेलले गरेका थिए भने र सञ्चालन बाल कल्याण माविका प्रह भिम कोइरालालले गरेका थिए । प्रतियोगितामा भलिवल, दौड, कबडी, टेक्वाण्डोलगायत खेलकुदहरु खेलाइने जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ०४ बजे