१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न



गौरीगंज १८, पुस / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित साना किसान कृषि सहकारी संस्थाले २० औं साधारणसभा सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज बुधबार साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष देवेन्द्रनारायण राजवंशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
करिब ८ सय ६ जना सेयर सदस्य रहेको संस्थाले शेयर सदस्यहरुलाई विभिन्न उपचार राहतसमेत दिदैआएको छ भने कृषकहरुलाई रासायनिक मल, विभिन्न जातका बीउ विजनसमेत उपलब्ध गर्दै आएको संस्थाका अध्यक्ष राजवंशीले् जानकारी दिएका छन् । संस्थाले क्यान्सर रोग तथा मृगौला रोग पिडितलाई ५०÷५० राहत उपचार सहयोग प्रदान गर्दै आएको छ । संस्थाका उपाध्यक्ष टेक बहादुर योङ्हाले स्वागत गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, समाजसेवीहरु गोपालचन्द्रसिंह राजवंशी, पर्शराम काफ्लेलगायत शेयर सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : १४ बजे