१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रतिदिन दैनिकका सम्पादक राजवंशी सम्मानित



बिर्तामोड, पुष १३ । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड–२ स्थित मोहनमाया माध्यमिक विद्यालय ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका देवीका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार क्षेत्रको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए । सोही कार्यक्रममा दाताहरू लीला–निला राउत र मनमाया खत्रीलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ०० बजे