१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग



७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने आयोगको तयारी छ । माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ ।तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ३१ बजे