१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा पहिलोपटक कमल गाउँपालिकाले तोक्यो ट्र्याक्टर र थ्रेसर प्रयोगको मूल्यदर



कमल, ५ पुस । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्र्याक्टरको मूल्य दर निर्धारण गरिएको छ । मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र कृषकलाई ठगिनबाट जोगाउन झापामा पहिलोपटक पालिकाले मूल्य दर निर्धारण हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार रोडाभेटरबाट जोतेबापत कृषकले प्रतिघण्टा दुई हजार रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ट्र्याक्टरधनीहरुले दुई हजार ५०० रुपैयाँसम्म असुल्दै आएका थिए । ट्र्याक्टरधनीहरुले मनपरी रूपमा कृषकबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुँदै आएको थियो ।

यसैबीच, कल्टिभेटरको प्रयोग गर्दा प्रतिघण्टा एक हजार ५०० रुपैयाँ मात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजार रुपैयाँभन्दा बढी रकम लिने गरिएको थियो । धान झार्दा थ्रेसर प्रयोग गर्दा २० टिन ९टिनको देहाती अर्थः सरसौँको तेलको १५ लिटर क्षमताको खाली बट्टा २० धानको एक टिन धान कृषकले दिनुपर्नेछ । यसअघि १५ टिनको एक टिन धान कृषकले दिँदै आएका थिए ।

अध्यक्ष राईका अनुसार तोकिएको मूल्यभन्दा बढी लिएको पाइए आवश्यक कारबाही गरिनेछ । छलफल गरेरै मूल्य निर्धारण गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ०७ बजे