१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल वितरण



गौरीगंज १९, मंसिर / झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले नीति कार्यक्रममै स्वयंसेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा बमोजिम ४० जना स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

गाउँपालिकाभित्र कार्यरत सबै स्वयंसेविकाहरुलाई एक(एक थान साइकल वितरण गरिएको उनको भनाई छ । यसैगरी गाउँपालिकाले ०७९ का उत्कृष्ट तीन जना स्वयंसेविकालाई पुरस्कृत समेत गरेको छ । उत्कृष्ट स्वयंसेविका गीता राई, हिमा ताजपुरिया र गायत्री अधिकारीलाई दोसल्ला ओडाई मायाको चिनो सहित पुरस्कृत गरिएको छ ।

स्वयंसेविकाहरुको प्रोत्साहनका लागि पुरस्कृत गर्दै साइकल वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले जानकारी दिइन् । उनले गाउँघरमा स्वास्थ्य सेवामा स्वयंसेविकाहरुको महत्त्वपूर्ण योगदान रहेको बताइन् । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : २७ बजे