१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज विकास समितिद्वारा हुकाहुकी, केन्द्रिय भवनमा सरसफाई सहित झकिझकाउ



गौरीगंज २६, कार्तिक / राजवंशी समाज विकास समिति गौरीगंज वार्ड नं. ६ समितिले शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा हुकाहुकी कार्यक्रम भव्यरुपमा मनाएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमवार सम्पन्न कार्यक्रममा आफ्ना पुर्खाहरुलाई सम्झदै हुकाहकी खेल्दै मनाए । राजवंशी समाज विकास समितिको केन्द्रिय भवन गौरीगंजको सभाहल र प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष राजवंशीसहित सहभागि अतिथिहरुले दिपावलीमा खेलिने हुकाहुकी पर्व आदिवासीहरुको महान पर्व रहेकोले यसलाई जोगाई राख्न सबैको दायित्व रहेको बताएका थिए । आफ्नो संस्कृति परम्परालाई जोगाई राख्न यस किसिमको कार्यक्रमले भावि सन्ततिले सिको गर्ने अवसरको रुपमा लिनु पर्ने बताइएको थियो ।
यसै बीचमा राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामादको तेस्रो अंक गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहति विशिष्ट अतिथिहरुलाई प्रदान गरिएको थियो । पत्रिकाकी सम्पादक दमयन्ती राजवंशी र भाषा सम्पादक गोपाल प्रसाद राजवंशीले उक्त पत्रिकाको तेस्रो अंक वितरण गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष फूलवती राजवंशीसहित वार्ड अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य रमकुमारी विक, वडा सदस्य मो।आसामुदिन, वार्ड सदस्य तथा आदिवासी जनजाति महासंघ गौरीगंज अध्यक्ष गंगा राजवंशी, राजवंशी समाज विकास समितिर पुर्व केन्द्रीय सल्लाहकार देवी प्रसाद राजवंशी, जग्गादाता धनन्ञ्य राजवंशी, सल्लाहकार समितिर संयोजक पर्वत राजवंशी, सदस्य बुद्वकरण राजवंशी, श्याम प्रसाद राजवंशी, सुन्दरलाल राजवंशी, राजवंशी समाज विकास समितिर गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशी, रासविस जिल्ला सहसचिव दिलिप राजवंशी, रासविस गाउँपालिकार उपाध्यक्ष गंगा राजवंशी, सचिव तिलक प्रसाद राजवंशी, कोचिला सामाद पत्रिकाका सम्पादक दमयन्ती राजवंशी, रासविस वार्ड नं. ४ अध्यक्ष दिवस राजवंशी, धर्मेन्द्र राजवंशी, सल्लाहकार सदस्य सुन्दरलाल राजवंशी, श्याम प्रसाद राजवंशी, बुद्वकरण राजवंशी, भागिरथ राजवंशी, लक्ष्मी प्रसाद राजवंशी, सुभद्रा राजवंशीलगायत सम्पूर्ण सल्लाहकार समितिका सदस्यहरुको सहभागिता थियो । समितिले हुकाकुकीको अवसरमा केन्द्रिय भवनको सरसफाई, भवनलाई रङ्गीचङ्गी विद्युतिय तार जडान गरी झकिझकाउ र धुपवती बालेको थियो ।
राजवंशी सामाज विकास समिति गौरीगंज वार्ड नं. ६ को आयोजना र गौरीगंज गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता रासविस गौरीगंज वार्ड नंं ६ का अध्यक्ष आत्माराम राजवंशीले गरेका थिए भने सञ्चालन रासविस गौरीगंज गाउँपालिका वार्ड नं. ६ का सचिव बरुण कुमार राजवंशीले गरेका थिए ।

दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशी बताउँछन । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा‘। सोरा’ ९ अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस० भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा एकप्रकारको घाँस घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।

साँझपख सामुहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गछर्न । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ ९चामलको पिठोले बनाएको एक परिकार ० खाने चलन रहेको छ ।
हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको बताउँछन् । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्काहुकी खेल परापूर्वदेखि खेल्दै आएको छ । तर समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ११ बजे