१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा कांग्रेस पार्टीका २८ जना नेकपामा प्रवेश


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज १९, मंसिर / झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका अगुवा नेता सहित २८ जना नेकपामा प्रवेस गरेका छन् । 

गौरिगञ्ज-६ कन्चिरा टोलमा आयोजित एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश एक कानुन मन्त्री हिक्मत कार्किले विहिवार अविर लगाएर नवप्रवेशिलाई स्वागत गर्नुभएको हो ।

कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिक गाउँकमिटी अध्यक्ष तथा हाल नेपाली कांग्रेसका सक्रिय सदस्य आसामुद्दिन मोहम्मदको अगुवाईमा एक घर एक अभिवाभक पार्टी प्रवेश अनुसार १५० जनाकाे नेतृत्व गर्दै २८ जनालाई पार्टीमा स्वागत गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

नव प्रवेशिहरुबाट आजै माे. आसामुद्दिन  अध्यक्ष र भगिरथ राजवंशी सचिव रहेको नेकपा कन्चिरा टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा नेकपा सांसद दिपक कार्की लगायत नेकपाका जिल्ला ,क्षेत्र गाउँ ,वडा समेतका नेताको उपस्थिति रहेको थियो, भने कार्यक्रमको संयोजन गौरीगञ्ज-३का नेकपा नेता जयकुमार भगतले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १२ : ०२ बजे