१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रणकुमार राजवंशीको ‘बागडुम्का’ नामक कविता संग्रह विमोचन



चकचकी १८, कार्तिक / रणकुमार राजवंशीको ‘बागडुम्का’ नामक कविता संग्रह विमोचन भएको छ । राजवंशी समाज विकास समिति बाह्रदशी गाउँ कार्य समितिद्वारा आज शनिवार आयोजित कविता गोष्ठी एवंम बागडुम्का कविता संग्रह विमोचन कार्यक्रममा श्रम तथा यातायात पूर्व राज्य मन्त्रि टेकनारायण सिंह राजवंशीले पुस्तकको विमोजन गरेका हुन् । बाह्रदशी गाउँपालिका वार्ड नं. ५ स्थित जेष्ठनागरिक सभाहलमा आयोजित कार्यक्रममा कवि रण कुमार राजवंशीले कविता संग्रहबारे प्रकाश पार्दै कविता मार्फत हाम्रो समाजको वर्तमान अवस्थाको बारेमा अत्यन्तै मार्मिकरुपमा प्रस्तुत गरेको बताए ।

राजवंशी भाषामा प्रकाशित कविता संग्रह पुस्तकमाथि समिक्षा गर्दै आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम सिंह राजवंशीले कविता संग्रहले हाम्रो समाजको संस्कृति, लुवाइखुवाई, चार्ड पर्व, इतिहास, विकृति विसंगतिलगायत विविध विषयको उजागर गरेको बताए । समाजको दर्पणकोरुपमा रहेको कविता संग्रह बागडुम्का सबैको प्रतिनिधित्व गरेको प्रतिष्ठानका अध्यक्ष राजवंशीले बताए । समाजिक एवं राजनैतिक व्यत्तित्व बाह्रदशी साहित्य प्रतिष्ठानका अध्यक्ष दयानन्द गोस्वामीले कवि रणकुमार राजवंशीको एउटा कवितामा सामाज रुपान्तरण खोए ? नामक कविता अति नै राम्रो भएको बताए । व्यवस्था परिवर्तन भयो तर मुलुकमा नागरिकको अवस्था राम्रोसंग परिवर्तन भएन किन ? कारण के हो ? परिवर्तन ल्याउन समाजवादी अवस्था ल्याए समाज रुपान्तरण अवश्य हुने कविता मार्फत कविजीले सरल र सामान्य रुपमा सन्देश दिएको बताए ।

कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले कविता संग्रह भाषिक रुपमा सरल, नविन शब्दहरुको प्रयोग र राजवंशी समाजको वर्तमान अवस्था, इतिहास, विकृति विसंगतिबारे बागडुम्का कविता संग्रहले उजागर गरेको बताएका थिए । कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता देवी शिवाकोटी, निवर्तमान उपाध्यक्ष रत्ना कुमारी राजवंशी, लेखक तथा सामाजिक व्यक्तित्व विश्वनाथ सिंह राजवंशी, बाह्रदशी गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष बिरबहादुर सिंह राजवंशी, राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय सल्लाहाकार देवीप्रसाद राजवंशी, राजवंशी कोच संग्राहलयका अध्यक्ष प्रेम प्रसाद राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, समाजसेवी लखनलाल राजवंशी, इतिहासकार पानीलाल राजवंशी, मोतीलाल फिल्मका निर्देशक तथा डाइरेक्टर मनोरथ राजवंशीलगायतले पुस्तकको बारेमा बोलेका थिए ।
राजवंशी भाषामा प्रकाशित कविता संग्रहमा ७७ वटा कविताहरु रहेका छन् । कार्यक्रममा विभिन्न कविहरुले कविता वाचनसमेत गरेका थिए ।
बाह्रदशी गाउँपालिका वार्ड नं. २ निवासी कवि रणकुमार राजवंशी श्री पशुपति मावि राजगढमा अध्यापन गरिरहनु भएको छ । कवि रण कुमार राजवंशीको दोस्रो कृतिको रुपमा प्रकाशित बागडुम्का कविता संग्रह हो भने उनको पहिलो कृति ‘हामार कविता संग्रह’ प्रकाशित भइसकेको छ । पिता स्व. भवक कुमार राजवंशी र माता देवबती राजवंशीको कोखबाट जन्मनु भएका कवि रणकुमार राजवंशीकी एक पत्नि सुकमती राजवंशी, छोराहरु बिवेक चन्द्रसिंह राजवंशी, जयदेव राजवंशी र छोरी सुकृति राजवंशी छन् । राजवंशी समाज विकास समिति बाह्रदशी गाउँ कार्य समिति राजगढ प्रकाशक र वितरक रहेको उत्त कविता संग्रहको कम्प्युटर टाइप लखनलाल राजवंशीले गरेका छन् । राजवंशी समाज विकास समिति बाह्रदशी गाउँ समितिका अध्यक्ष राजु राजवंशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन हेम राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०४ बजे