३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमन



गौरीगंज ३०, असोज / स्थानिय सरकार गौरीगंज गाउँपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको नेतृत्वमा रहेको अनुगमन समिति, ईलाका प्रशासन कार्यालय गौरीगंज, झापा उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय गौरीगंज, वजार व्यवस्थापन समिति र संचारकर्मीलगायतको संयुक्त टोलीले आज गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछी बजार अनुगमन गरेको हो ।
अनुगमन समितिले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्वलाई लक्षित गरि अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।

बजार अनुगमनले व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभई उपभोत्ताले स्वस्थ्य , स्वच्छ र गुणस्तरिय वस्तु उपभोग गर्न पाओस भन्ने उदेश्य रहेको अनुगमन समितिका संयोजक तथा गाउँपालिकाकि उपाध्यक्ष न्यौपानेले बताईन् ।

उपाध्यक्ष न्यौपानेले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताईन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०१ बजे