३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजमा लामो समयपछि पहिलो पटक सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन



गौरीगंज २८, असोज र गौरीगंज गाउँपालिकाले आज आइतवारदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि गाउँपालिकाले पहिलो पटक बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो ।
आजदेखि गाउँपालिकाको वडा नं १,२,३,४,५,६ बाट सुरु गरिएको अभियानममा ४ हजार कुकुरको स्थायी बन्ध्याकरण र रेबिज विरुद्ध खोप दिने योजना रहेको डा सुर्य साहले जानकारी दिए । कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो शिविर सञ्चालन गरेको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताईन । शिविरमा ६ जना डाक्टरसहित १८ जना प्रविधिक रहेको र असोज ३० गतेसम्म रहने जनाएको छ । गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल भेटनरी एशोसियसन र नेपाल एग्री लाईभस्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र गौरीगंज गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन भईरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ६ : ३० बजे