३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

खजुरगाछी बजार सरसफाई, बजारमा रङ्गीचङ्गी विद्युतिय तार जडान गरी झकिझकाउ बनाईदै




गौरीगंज २६, असोज / नेपालीहरुको महान पर्व विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा बजार सरसफाई गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी बजार व्यवस्थापन समितिको आयोजना र गौरीगंज गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा खजुरगाछी बजार सरसफाई कार्यक्रम सम्पन्न भएको हो । बजारलाई स्वच्छ एवं स्वस्थ्य बनाउने उद्येश्यले जनचेतनामुलक सरसफाई कार्यक्रमको आयोजना गरेको समितिका अध्यक्ष मनोज चौधरीले बताए । गौरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सरसफाई कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, उद्योग वाणिज्य संघका गौरीगंज अध्यक्ष मखाना महतोलगायतले बजार सरसफाई कार्यक्रम जनचेनतामुलक भएकोले सबै व्यवसायी , व्यापारी , स्थानियहरुले बजारको सरसफाईमा बिशेष ध्यान दिनुपर्ने बताए । मानव स्वास्थ्यनै धन हो र यसका लागि वरिपरिको वातावरण हराभरा र स्वच्छ हुनुपर्ने भएकोले समुदायस्तरमा नै सरसफाई सम्बन्धि चेत हुनुपर्ने धारणा राखेका थिए । फोहरमैलाबाट दुर्घन्ध फैलिई विभिन्न सरुवा एवं प्राणघातक रोगहरु लाग्ने भएकोले बाटोघाटो, घर वरिपरि र सार्वजनिक ठाउँमा सरसफाई राख्नु पर्ने सहभागि वक्ताहरुले बताएका थिए । कार्यक्रममा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी ,वार्ड सदस्य नितेश साह, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्विन्द साह, ट्राफिक प्रहरी गौरीगंजका इन्चार्ज शंकर यादव, आठमौजा सहकारी संस्थाका प्रबन्धक नगेद्र ढकाल, सशस्त्र सीमा सुरक्षा वल गौरीगंजका प्रतिनिधि, महिला सशक्तिकरणका प्रतिनिधि, युवा समाजका अध्यक्ष रोशन यादव, वजार व्यवस्थापन समितिका पदाधिकारीहरु उमेश मल्लिक, पवन दास, दिपेन्द्र यादव,बरुण सिजापतिलगायत व्यापारी, स्थानियहरुको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन पत्रकार आत्माराम राजवंशीले गरेका थिए । त्यसैगरी बजार चाडपर्वलाई मध्यनगर गरी बजार व्यवस्थापन समितिले बजार क्षेत्र भित्रका विजुलीका पोलहरुमा सजावट गरिदैछ । विजुलीका पोलहरुमा रङ्गीचङ्गी विद्युतिय तार जडान गरी बजारलाई झकिझकाउ पार्ने उद्येश्य रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज चौधरीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ११ : २६ बजे