१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजकी एक महिलाद्वारा एकै पटक तीन बच्चाको जन्म



गौरीगंज २४, असोज / गौरीगंजकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिनुभएको छ । गौरीगंज गाउँपालिका वार्ड नं.४ भवानीपुर सुकुम्बासीकी अमिन ताजपुरियाकी बुहारी रविना ताजपुरियाले एकै पटकमा तीन बच्चाको जन्म दिनुभएको हो । विरानगर स्थित नोवल मेडिकल कलेज विराटनगरमा तीन बच्चालाई जन्म दिनुभएको छ ।


उहाँले तेस्रो सन्तानको रुपमा तीन वटा छोरालाई जन्म दिनुभएको हो । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको सञ्जय ताजपुरियाले जानकारी गराउनुभएको छ । विपन्न परिवारकी रविनालाई बच्चाहरुको पालन पोषण गर्न गाह्रो हुने भएकोले गाउँपालिकामा आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको जनाइएको छ । तीनवटै बच्चाको जन्म ७ महिनामै भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी बेथा लागेपछि गौरीगंज अस्पताल पुग्नुभएकी ताजपुरियालाई अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि आम्दा अस्पताल दमक पुर्याइएको थियो । त्यहाँ पनि सम्भव नभएपछि नोवल अस्पताल विराटनगर पुर्याएको थियो । हाल बच्चा र आमा चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाकी पहिलो र दोस्रो गरी २ सन्तान पहिले देखि नै छन्।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : १३ बजे