१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक उपार्जन गर्न सकिने :वार्ड अध्यक्ष राजवंशी



गौरीगंज १७, असोज / महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्यले यहाँ एक महिने एडभान्स व्युटिसियन तालिम शुरु गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ ले महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले वार्ड कार्यालयले एक महिने एडभान्स व्युटिसियन तालिम शुरु गरेको हो । गरिबी निवारण लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वार्ड कार्यालयले २० जना महिलाहरुलाई व्युटिसियन तालिम दिएको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् । वार्ड अध्यक्ष राजवंशीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक उपार्जन गर्न सकिने बताए ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राजवंशीले वडा कार्यालयले धेरै युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरेको जानकारी गराउँदै बेरोजगार जनशक्तिलाई उत्पादनसंग जोड्ने नीति लिएको बताए । उद्यम विकास शाखा गौरीगंजको प्राविधिक सहयोग र गौरीगंज गाउँपालिका वार्ड नं. १ को आयोजनामा भइरहेको सौन्दर्यसम्बन्धि सीपमूलक तालिमको उद्वघाटन कार्यक्रममा वडा सदस्यहरु कृष्ण महतो, रेखा राजवंशी, दुर्गा परियार, राजभक्त सुनुवार, वार्ड सचिव सुनम रेग्मीलगायतको सहभागिता थियो । वार्ड कार्यालयले साबुन, हर्पिक बनाउने तालिम, सिलाई कटाई तालिम, आधारभूत उपचार स्वास्थ्य तालिम, मकैंको खोष्टाबाट फुल बनाउने तालिम, आधारभुत व्युटिसियन तालिमको आयोजना गरिसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : २३ बजे