३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मेयर विश्व सम्मेलनमा भाग लिन अध्यक्ष राजवंशी दक्षिण कोरिया प्रस्थान



This image has an empty alt attribute; its file name is fulbati3-1024x731.jpg

गौरीगंज ६, असोज / गौरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी दक्षिण कोरियामा हुने मेयर विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छन् । भोलिदेखि शुरु हुने १ सय बढी देशका मेयरहरु सहभागि हुने विश्व सम्मेलनमा सहभागि हुन उनीसहित झापाबाट दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुर नगर प्रमुख गणेश पोख्रेल, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल लगायतका टोली आज साँझ ११ बजे त्यसतर्फ प्रस्थान गदैंछन् ।

भोलिदेखि दक्षिण कोरियाको राजधानी सियोलमा हुने तीन दिने मेयर सम्मेलनमा विश्वका मेयरहरुको अनुभव आदानप्रदान तथा समसायमिक विषयमा छलफल हुने बुझिएको छ ।
मेयर विश्व सम्मेलनमा भाग लिन शुक्रवारनै अध्यक्ष राजवंशी काठमाडौ गएकी हुन् । एक साता लामो कोरियाको भ्रमणका क्रममा त्यहाँको कृषि उद्योगहरुको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
‘मेयर सम्मेलनमा दक्षिण कोरियाको विकास मोडेलबाट सिक्न सकिने महत्वपूर्ण अवसरको रुपमा यो भ्रमणलाई मैले लिएकी छु’ उनले भनिन् – ‘ कोरियाको सिटी प्लानिङ्ग, चेतना विकाससँगै उत्पादनमा आत्मनिर्भरताको खोजीलगायतको विषयमा भ्रमण केन्द्रित रहने छ । ’

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : ३७ बजे