२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

नेपाल विद्यार्थी संघ गौरीगंजद्वारा संविधान दिवसको अवसरमा दिपप्रज्जवलन



गौरीगंज ३, असोज / नेपाल विद्यार्थी संघ गौरीगंजले संविधान दिवसको अवसरमा दिपप्रज्जवलन गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज चौकमा आज मैनवती बालेर दिपप्रज्जवलन गरेको हो । उत्त कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, जिल्ला सदस्यहरु मखना महतो, हेमा आचार्य,जेठा मुर्मू, गोपाल पौडेल, गाउँपालिका सभापति अघनुप्रसाद राजवंशी, महिला संघ उपसभापति नौताली राजवंशी, पूर्व गाउँपालिका सभापति राजेन्द्र कार्की, सचिव गोपाल प्रसाद ताजपुरिया, वडा सदस्यहरु गंगा राजवंशी, सुशील राई, पूर्व वडा अध्यक्ष कुल प्रसाद गिरी, नेविसंघ जिल्ला सदस्य देव ताजपुरिया,सुमन गिरीलगायतको सहभागिता थियो ।
नेपाल विद्यार्थी संघ गौरीगंजका सभापति विकास ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघकी जिल्ला सदस्य रेनुका राजवंशीले स्वागत गरेकी थिइन भने कार्यक्रमको संचालन जिल्ला सदस्य रोशन यादवले गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ४७ बजे