३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापाका गौरीगंजसहित ६ ठाउँमा रथयात्रा निकालिँदै, यस्तो छ गौरीगंजको रथयात्राको रुट



गौरीगंज २१ , भदौ / झापाका ६ ठाउँमा आज श्रीकृष्ण रथयात्रा निकालिने भएको छ ।
गौरीगंज , गौरादह , भद्रपुर , शरणामति र बिर्तामोडमा रथयात्रा निकालिने भएको हो । दमकमा २ बजे , गौरादहमा १२ बजे , भद्रपुरमा १० बजे , शरणामतिमा १० बजे , बिर्तामोडमा ३ बजे र गौरीगञ्जमा २ बजे रथयात्रा निकाल्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । श्री रथयात्रा समारोह समिति खजुरगाछीले यस वष पनि रथयात्राको रुट तयार गरेको छ । कृष्णमन्दिर देखि शुरु भई खजुरगाछीको बस पार्क हुदै – वार्ड नंं. ६ को वडा कार्यालय – उत्तर बाबुराजा श्रेष्ठको काटा, त्रिभुवन पुस्तकालय मोड दक्षिण हुलाकी सडक, पुर्व गौरीया खोला पुल – बुधवारे बजार हुदै –त्रिमुर्ति चौक –गौरीगंज चौक –गौरीगंज गाउँपालिका कार्यालय– वार्ड नंं. ३ को वडा कार्यालय –हुलाकी सडक – पश्चिम कृष्ण मन्दिरमा टुङिगने आयोजक समितिका अध्यक्ष मुकेश कुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १ : १४ बजे