३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजमा कृष्ण आयल सेन्टर सञ्चालनमा



गौरीगंज २०, भदौ / गौरीगंजमा जग्गासहित करिब ३ करोडको लागतमा निर्मित कृष्ण आयल सेन्टर आज बुधवारदेखि सञ्चालनमा आएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित चिल्हाराको हुलाकी सडकसंग जोडिएको आयल सेन्टरले झापा र मोरङ्ग जिल्ला ओहोर दोहोर गर्ने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्रोल पम्प सञ्चालन गरिएको सञ्चालक सानुराजा श्रेष्ठ बताउँछन । यहाँको बढ्दो सवारी चापलाई मध्यनजर राख्दै गुणस्तरिय र भरपर्दो पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थ आम नागरिकलाई सर्वसुलभरूपमा उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताए । कृष्ण आयल सेन्टरसहित गौरीगंजमा अब २ वटा पेट्रोल पम्प सञ्चालनमा रहने छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ३ गौरीगंज चौक पुर्वमा भरोसा आयल सेन्टर सञ्चालनमा छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १ : २८ बजे