४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाडाजुँगी–गौरीगञ्ज सडकमा बजेटका लागि अर्थमन्त्रालयमा अध्यक्ष राई



दमक/ झापाको गौरीगञ्ज–पाडाजुँगी सडक विस्तार तथा स्तरोन्नतीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराइएको छ ।
सो सडकको काम जारी रहेको समयमा भएको कमि कम्जोरीका कारण बजेट प्राप्त हुन नसकेपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राइले गएको श्रावणको २९ गते जापान जानुअघि अर्थमन्त्रालय पुगेर त्यसबारेमा सम्बन्धित अधिकारीहरुसँग छलफल गरेका थिए ।
जापानबाट फर्किए लगत्तै अध्यक्ष राईले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई कार्यकक्षमै भेटेर त्यहाँको कार्य प्रगति अनुसारको बजेट निकासा तत्काल गरिदिन र आवश्यक निर्माण प्रकृया अघि बढाउने वातावरण बनाउन आग्रह गरेका छन ।
सो क्रममा मन्त्री डा. महतले तत्काल बजेटको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन । भेटघाटका सिलसिलामा अर्थमन्त्रालयका अधिकारीहरुले सो योजनाको सिलसिलामा भएका कमि कम्जोरीहरुलाई सच्याउँदै काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन गरिसकिएको बताएका भेटघाटपछि अध्यक्ष राईले जनाएका छन । अध्यक्ष राईले भने–सडक डिभिजन, ठेकेदार पक्ष र सम्बन्धित मन्त्रालय समेतबाट कहाँ कसरी कमजोरीका कारण यो अवस्था आयो त्यसबारेमा विस्तारै कुरा गरौंला, तत्काल त्यहाँको थप काम अघि बढाउन थप ५ करोड ३० लाख रुपैयाँ आवश्यक देखिन्छ । सो योजनामा हाल ५ करोड ५० लाख बराबरको काम भएको पनि बताइएको छ ।
मन्त्री डा. महत र सरकारी अधिकारीहरुसँगको छलफलपछि अध्यक्ष राईले आफनो फेसबुक वालमा लेखेका छन– वैकल्पिक सहायक राजमार्ग अन्तरगतको पाडाजुङ्गी–गौरीगञ्ज (चारलेन सडक) अलपत्र परेका कारणले धुलो,धुवाँले स्थानीयबासी र हिडडुल गर्ने मानिस र बिद्यार्थीहरुमा प्रत्यक्ष असर परि स्वास्थ्यमा समस्या भएको र तत्काल निर्माण कार्य सुचारु गर्नका लागि ५ करोड ३० लाख रकम ब्यवस्थापन गरिदिनु हुनका लागि माननीय अर्थमन्त्री प्रकाशशरण महतलाई पुनः आज ध्यानाकर्षण गरियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ०९ बजे