१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा उद्योग वाणिज्य संघ गौरीगंजद्वारा अन्दोलनको घोषणा, धर्नादेखि तालाबन्दीसम्म



गौरीगंज १२, भाद्र / झापा उद्योग वाणिज्य संघ गौरीगंजले एरिया निकासी कर विरुद्व चरणवद्व आन्दोलन गर्ने निर्णय गरेको छ । संघको सोमबार बसेको वैठकले भाद्र १३ गते बुधवार १ घण्टा गाउँपालिका अगाडि धर्ना बस्ने, भाद्र १५ शुक्रवार विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा धर्ना दिने र भाद्र १७ गते आइतवार बजार बन्द गरी गाउँपालिकामा तालाबन्दी गर्ने निर्णय गरेको हो ।
समितिले साउन २१ गते गाउँपालिकालाई कर वृद्वि र एरिया निकासी सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाइसकिएको भएपनि त्यस विषयमा गाउँपालिकाले चासो नदेखाएकोले आन्दोलनको घोषणा गर्नु पर्ने संघका अध्यक्ष मखना महतोले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : १२ बजे