१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हाचिकोको कथा र मैले सिकेको पाठ ! स्मरण : जापान यात्रा



रोहित कुमार शाह
(निवर्तमान नगरप्रमुख)
गौरादह नगरपालिका, झापा

स्मरण : जापान यात्रा

हाचिको बिश्व बिख्यात जापानी कुकुरको नाम हो। जसको ईमान्दारीता र बफादारिताको चर्चा संसारभर गरिने गरिन्छ। बर्षौ पहिलेको कथा हो।हाचिकोका मालिक ‘हिदेसावुरोउ उएनो’ जो टोकियो बिश्व बिद्यालयका प्राध्यापक थिए,उनि जापानको राजधानि टोकियोमा रेहको सिवुया रेल स्टेशनबाट हरेक बिहान अफिसको लागि निस्कन्थे र बेलुका फर्किन्थे।हाचिको बिहान मालिकलाई स्टेशन सम्म छोड्न र बेलुका स्टेशनमा लिन जाने गर्दथियो । यो हाचिको को दिनचर्या थियो।
एक बिहान सधै झै उसको मालिक कामको लागि निस्किए र बेलुकि फर्केर आएन।
१९२५ मे १ का दिन उसको मालिक‘हिदेसानुरोउ उएनो’ को हृदयघातका कारण मृत्य भयो। आफ्नो मालिकलाई लिन स्टेशन गएको हाचिकोले आफ्नो मालिक पर्खि रह्यो तर मालिक आएन।
यसरी हरेक साँझ आफ्नो मालिक आउने समयमा हाचिकोले आफ्नो मालिकलाई बाचुन्जेल प्रतिक्षा गर्यो। यस धर्तिमा करिव ११ बर्षको आयु बाचेको हाचिकोले लगातार ९ बर्ष सम्म आफ्नो मालिक फर्किएर आउने दिनको प्रतिक्षा गर्यो र प्रतिक्षामै आफ्नो जिवन समाप्त गर्यो।

यो पृष्ठभूमिमा देखिएको कुकुरको शालिक त्यहि अद्भुत कुकुर ‘हाचिको’ को सम्झनामा बनाईएको शालिक हो जसले यहि स्थानमा आफ्नो मालिकको प्रतिक्षामा प्राण त्याग गरेको थियो।हाचिकोले आफ्नो मालिकलाई दर्शाएको प्रेम, सद्भाव, समर्पण र ईमान्दारीताको बखान आज संसारभर गरिन्छ। हाचिकोको सम्झनमा जापानमा बिभिन्न ठाउँमा उसको शालिक निर्माण गरिएको छ। थुप्रै ठाउँमाहरु उसको नाममा नामाकरण गरिएको छ।
बिश्वभरबाट जापान आउने मानिसहरु टोकियोको सिवुया रेलस्टेशनमा रहेको हाचिकोको यो प्रतिमाको अघि फोटो खिच्छन। हाचिको आफ्नो ईमान्दारीताको लागि संसारभर चिनिएको छ। हाचिको कथामा आधारित रहेर चलचित्र, कथा र पुस्तकहरु बनेका छन। कुकुरको रुपमा जन्मिए पनि हाचिकोले संसारलाई ईमान्दारीताको पाठ सिकाएर गएको छ। उ यो धर्तिमा नभएरपनि चर्चित छ र सदैव अमर छ।

गत हप्ता म लगायत हामी झापा जिल्लाका स्थानिय तहमा बिभिन्न जिम्मेवारीमा रहनुहुने साथिहरुको टोलि जापानिज संस्था जाईकाको आयोजनमा जापानिज कृषि प्रबिधि तथा सिंचाई परियोजनाहरुको स्थलगत अवलोकन कार्यक्रमका निम्ति जापान पुगेका थियौ।जापानमा बिताएको १ हप्ताको समयमा हामीले धेरै नौला बस्तुहरुको अनुभव र शिक्षा लिने मौका पायौ। एक हप्ताको छोटो अवधिमा भेटिएका धेरै चिजहरु मध्ये मलाई घत लागेको एउटा बस्तु यहि हाचिको को प्रतिमा हो।र उसको प्रेरणादायि कथा हो। जसले ईमान्दारीता र समर्पणको पथमा दत्तचित्त रहन आजका मानवजातिमा प्रेरणा दिनेगर्दछ।
आफ्नो मालिक प्रति बफादारीताको नमुना पेश गरेर हाचीकोले कुकुर जाति र मानवजातिको सामिप्याताको बृहत नमुना पेश गर्दै, आफुलाई स्नेह गर्ने र आफ्नो परवाह गर्ने आफ्नो मालिक प्रति ईमान्दार हुनुपर्छ भन्ने बोध गराएको छ।
हाचिको आज यो संसारमा छैन तर हाचिकोको ईमान्दारीताको तारिफ यस धर्तिमा युगौ युग सम्म गरिनेछ।

हाचिकोको प्रतिमा अघि अभिएर जापान भ्रमणको एउटा तस्बिरलाई स्मृतिमा कैद गर्ने क्रममा निर्जिव हाचिकोको प्रतिमाले म भित्र एउटा अठोट जन्माएको छ।
संसारमा जन्मिएका हामी नाशवान शरिरमा खोक्रो महत्कांक्षा लिएर बाच्छौ। हामी चर्चित हुन के सम्म गर्दैनौ।
असलमा चर्चा सधै ईमान्दार र वफादारहरुको हुदो रहेछ। त्यो पनि एक जुग हैन जुगौ जुग सम्म।

जसरी हाचिकोले बफादारिता निभाउनु पर्ने एउटा मालिक थियो।त्यसैगरी हामी राजनैतिक प्राणिहरुको मालिक भनेको हामीलाई स्नेह र बिश्वास गर्ने हाम्रा मतदाता, आम जनता हुन। हाचिकोले आफ्नो मालिकप्रति गरेको समर्पण, उसको ईमान्दिरीता र बफादारीताको कथाबाट मैले मलाई स्नेह र बिश्वास गरेर यहाहरुले दिनुभएको ऐतिहासिक जिम्मेवारीको ईमान्दारीता पूर्वक निर्वाह गर्ने सकरात्मक उर्जा प्राप्त गरेको छु।म ईतिहास बनेर यहाँहरुको मन मस्तिष्कमा बस्न सकौला या नसकौला, आफ्नो जिवनकाल सम्म यहाँहरुको सारथि र सहयात्रि बनेर यहाँहरुले दिनुभएको जिम्मेवारीलाई सतप्रतिशत लगन र ईमान्दारीता निर्बाह गरिरहनेछु।

अन्तत: महान हाचिको जसले कुकुरको जन्म लिएर पनि यस धर्तिका सर्बश्रेष्ठ प्राणि हामी मानव जातिलाई ईमान्दारीताको शिक्षा दिएर यस धर्तिबाट बिदा भएको छ, म उसको आत्माको चीर शान्तिको कामना गर्दै, उसका अति स्नेहि मालिक हिदेसावुरो उएनोसंग उनको आत्माको मिलनको कामना समेत गर्दछु।
(तस्बिर: जापान यात्रा , २०१९ सिबुया रेल स्टेशन टोकियो)

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ८ : २९ बजे