१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महिला कबड्डी टोलीमा कप्तानको रुपमा राजवंशी भारत प्रस्थान



काठमाडौं २, भाद्र / चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट सम्पन्न भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
राष्ट्रिय टोलीलाई मेनुकाकुमारी राजवंशीको कप्तानीमा चीन पठाउन लागिएको हो । राजवंशी यस अघि तीन पटक कब्डीमा नेसनल च्याम्पियन रहनु भएको छ । १२ औं र १३ औं साग खेलमा देशलाई क्रमश ब्रोन्ज र सिल्भर मेडल दिलाउन सफल भएकी राजवंशी यस पटक कप्तानको रुपमा कब्बडी खेलको टोलीको नेतृत्वमा रहनु हुनेछ । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले मानमति विष्ट, अनुजाकुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारीथारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलाव
पन्त लगायतको नाम सार्वजनिक गरेको हो ।
प्रशिक्षक पार्वती राई र विष्णु दत्त भट्ट रहेका छन् भने व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । खेल पूव तयारीका लागि टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

मोरङ्ग जिल्ला जहदा गाउँपालिका वार्ड नं. ३ जयरामपुर निवासी बुवा अर्जुन प्रसाद राजवंशी र आमा भुमबतिया देवी राजवंशीकी छोरी मेनुका कुमारी राजवंशी त्रिभुवन आर्मी क्लबमा कार्यरत छिन् । वि.सं. २०७२ सालमा त्रिभुवन आर्मी क्लबमा भर्ना भएकी मेनुका लगातार २ पटक वेस्ट प्लेयर अवार्ड र ३ पटक राष्ट्रिय च्याम्पियन भएकी छिन् भने १२ औं र १३ औं साग खेलमा देशलाई क्रमश ब्रोन्ज र सिल्भर मेडल दिलाउन सफल भएको उनका दाजु जितेन्द्र राजवंशीले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : ०३ बजे