१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजस्थित दन्तकाली मन्दिरको छैठौं साधारण सभा सम्पन्न, ६ जनालाई सम्मान



गौरीगंज ३२, साउन / गौरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरको वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि श्रवण गीरीले साधारणसभाकोे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयोग सदैव गर्ने बताए । 
मन्दिरका लागि भजन किर्तन हल, हवन गृह निर्माण, वाद वादन सामग्री खरिदमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।

कार्यक्रममा गौरीगंजकै नमुना मन्दिर काली मन्दिर भएकोले यसलाई संरक्षण गर्नु सबैको कर्तव्य हो भन्दै वार्डबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।

मन्दिर परिसरमा सञ्चालन गरिएको साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा ३ लाख ९९ हजार ८ सय २५ रूपैयाँ आम्दानी र ३ लाख ९८ हजार १ सय ९४ रुपैयाँ खर्च रहेको सार्वजनिक गरेका थिए ।
कार्यक्रममा समाजसेवी तथा निवर्तमान वडा अध्यक्ष मखना महतो, समाजसेवी विश्वराज रिजाल, सत्यदेव यादव, धनमाया गौतम, किशोरी प्रसाद साहलाई सम्मान गरिएको थियो ।

गौरीगंजकै नमुना मन्दिर ( दन्तकाली मन्दिर)

साबिकको गौरीगञ्ज वडा नं. ५ र केहि अन्य वडाका जग्गाहरु श्री दन्तकाली मन्दिर गुठी बिजयपुर धरानको नाममा श्रेस्ता कायम रहेको र सो जग्गाका उल्लेखित वडाका रैतिहरुबाट मालपोत बर्षेनी गुठियारहरुबाट गसै गौरीगञ्ज गाबिस वडा नं। ५ मै बसि वसुल उपर गर्ने गरेकोमा सोहि मन्दिरको सम्झना स्वरुप २०११ सालमा यस मन्दिरको स्थापना भएको थियो । लामो समय सम्म परालको छाप्रोमा सिमित यस मन्दिरलाइ २०५८ सालमा तत्कालिन गाबिस अध्यक्ष देवी प्रसाद राजवंशीको अगुवाइमा हरिलाल राजवंशीको अध्यक्षतामा समिती बनाइ जिर्नोद्वार गरिएको थियो भने ३०६५ सालमा सो समिती बवगठन गरि मखना महतोको अध्यक्षतामा नयाँ समिती बनाइएको थियो । यहि नयाँ समितीले २०६८ सालमा धान्याञ्चल महापुरानको आयोजना गरि करिव १३ लाख रुपैया आर्थिक सँकलन गरेका थिए । सो रकम बाट हाल आधुनिक डिजाइनको मन्दिर निर्माण गरिएको छ ।

२०६९ साल भदौ ११ गते जिप्रका झापामा सँस्थाका रुपमा दर्ता भएको सो मन्दिरलाई आधुनिक डिजाईनमा निर्माण गरि मन्दिर परिसरमा टायलसमेत ओछ्याईएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : २९ बजे