४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सपथग्रहण गरेकाे केही घण्टामै मुख्यमन्त्री थापाकाे गाैरीगंज भ्रमण



गाैरीगंज २२, असार / काेशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापा गाैरीगंज गाउँपालिका भ्रमण गर्नु भएकाे छ ।
आज विहान मुख्यमन्त्रीकाे सपथ ग्रहण पश्चात मुख्यमन्त्रीकाे कार्यालयमा नेता, कार्यकर्ता तथा सर्वसाधारणहरूकाे भेटघाट तथा स्वागतपछि उहाँ सिधै गाैरीगंजकाे भ्रमण गर्नुभएकाे हाे । मुख्यमन्त्री थापाले गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित वैजेश्वरनाथ काेटेश्वर शिवालय मन्दिरकाे दर्शन र पूजा अर्चनापछि मन्दिरकी माता शंकराचार्य हेमानन्द गिरीबाट प्रसाद तथा आशिर्वाद ग्रहण गरेका थिए ।
मुख्यमन्त्री थापाले उपस्थिति भेलालाई सम्बाेधन गर्दै गाैरीगंजकाे विकास र समृद्विका लागि आफू काम गर्ने प्रतिवद्वता जाहेर गरे । विशेष गरी काेटेश्वर मन्दिरकाे विकास र समृद्विका लागि यस अघि साेच राखेकाे तर विभिन्न राजनीतिक घटनाले काम गर्न नसकिएकाे स्मरण गर्दै मुख्यमन्त्री थापाले अब याे गाैरीगंजकाे पवित्रभुमि वैजेश्वरनाथ धामकाे समृद्वि र विकासकाे लागि काम गर्ने प्रतिवद्वता जाहेर गरेका थिए । यस अघि काेशी प्रदेशमा ४ जना मुख्यमन्त्री बनिसके पनि यसरी सपथ ग्रहण पश्चात गाैरीगंज भ्रमण गर्नेमा मुख्यमन्त्री थापा पहिलाेमा पर्छन् । काेशी प्रदेशमा यसअघि मा. शेरधन राई, मा. भीम प्रसाद आचार्य, मा. राजेन्द्र कुमार राई र मा. हिक्मत कुमार कार्की मुख्यमन्त्री बनीसकेका हुन् । यसरी समथ ग्रहण पश्चात मुख्यमन्त्री थापाकाे गाैरीगंज आगमनले अर्थपुर्णरूपले हेरिएकाे छ । नवनियुक्त मा. मुख्यमन्त्री उद्वव थापा ज्युलाई बधाई दिन गाैरीगंज गापा अध्यक्ष फूलवती राजवंशीसहित वार्ड नं. १ वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य तथा निवर्तमान वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशी, कार्यपालिका सदस्य सन्तलाल ताजपुरिया, पत्रकार आत्माराम राजवंशी, तरूण दलका दिलिप राजवंशी अपराह्न मुख्यमन्त्री कार्यालय पुगेका थिए । गापा अध्यक्ष राजवंशीद्वारा मुख्यमन्त्री थापालाई गाैरीगंज गाउँपालिका आगमनका लागि निमन्त्रणा गरेका थिए । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की यस क्षेत्रवाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री थापाकाे आगमन हुने खबर पाएपछि मन्दिर परिसरमा नेता, कार्यकर्ता तथा सर्वसाधारणकाे घुईचाे लागेकाे थियाे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १२ : २६ बजे