३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लाेक सेवा सदनकै पक्षमा जिल्ला अदालतकाे फैसला, अध्यक्ष राजवंशीलाई सदनकाे मुद्वा अगाडी बढाउनु पर्ने दबाव



गाैरीगंज २८, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित लाेक सेवा सदनकाे विवादित जग्गाकाे विषयमा परेकाे मुद्वामा झापा जिल्ला अदालतले लाेक सेवा सदनकाे पक्षमा फैसला सुनाएकाे छ ।

झापा जिल्ला अदालतले मुद्वाकाे वादी रहेकाे गाैरीगंज गाउँपालिकाकाे हकमा दाबी गरिएकाे जग्गासम्बन्धी मुद्दामा अदालतले लाेक सेवा सदनकाे पक्षमा जग्गा सदर गर्दै सार्वजनिक गर्न ठहर नहुने फैसला सुनाएको हाे । पछिल्लो फैसलासँगै लामाे समय देखिको किचलो टुंगिएको छ।
जिल्ला न्यायाधीश ईश्वरमणि अाेझाको इजलासले जेठ ३ गते फैसलाकाे प्रमाणिकरण गर्दै लाेक सेवा सदनकाे जग्गा सार्वजनिक गर्न मुनासिव नरहेकाे फैसला सुनाएकाे हो।

फैसलाकाे पुर्णपाठमा भनिएकाे छ – ‘कानुन बमाेजिम संगठित संस्थाकाे नाममा दर्ता कायम रहेकाे जग्गा उत्त संस्था कानुन बमाेजिम विघठित भएका अवस्थामा वाहेक उत्त संस्थाका नाममा रहेकाे सम्पति सार्वजनिक गर्न अवस्था रहदैन ।’
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने स्व.भिमप्रसाद चाैधरीले आफ्ना बाबु स्व. लाेकनाथ चाैधरीका नाममा २०३८ सालमा यस भेगका जनताकाे हित र भलाईका लागि लाेक सेवा सदन अनाैपचारिक संस्था खडा गरी साे संस्थाका नाममा झापा जिल्ला तत्कालिन गाैरीगंज गाविस वडा नं. ७ (हाल गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ) स्थित कि. नं. १२६ काे क्षेत्रफल ५२०५ व.मि., वार्ड नं. २ काे २०८ र ७२९, वार्ड नं. ३ काे कि. नं. ६,९,१२,१४,१७,१९,६४, ६९, ७२,८२, ९५,१२३, १३८,१५१, १५०, २२८, २२९, २३५, ५९१, ६५७,६६८, ६८२, १२६ र वडा नं. ४ काे कि. नं. १४३९, १३९, ३१८, ६१, २९०, ५५५, ५८९, ५२३० जग्गाहरू दानपत्र दर्ता गरी दिएकाे पुर्णपाठमा उल्लेख गरिएकाे छ ।

संस्थाकाे नाममा दर्ता रहेकाे जग्गा अतिथि सदन निर्माण स्थलकाे जग्गा करिब १५ कठ्ठा साढे ७ धुर जग्गा बाहेक माेहीयानी जग्गा रहेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ मा रहेकाे १ विघा १२ कठ्ठा १२ धुरमा वसन्त ताजपुरियाकाे नाममा माेही रहेकाे छ भने १ विघा १० कठ्ठा ३ धुर जग्गामा हाैला ताजपुरिया, ३ विघा ३ कठ्ठा २ धुर जग्गामा रेबती/ पुसन्दर ताजपुरिया, ६ कठ्ठा १ धुरमा गिरजु ताजपुरिया, १ विघा ३ कठ्ठा २ धुरमा जाेगलाल ताजपुरिया, ६ कठ्ठा ६ धुरमा टाेपलाल ताजपुरिया, ४ कठ्ठा ६ धुरमा मेघलाल ताजपुरिया, १ कठ्ठा ६ धुुुुुरमा नारायण प्रसाद ताजपुरिया, ५ कठ्ठा १ धुरमा कामदेव ताजपुरिया, ५ कठ्ठामा अगम ताजपुरिया, १८ धुरमा डाली ताजपुरियाकाे नामा माेहियानी रहेकाे छ ।

वार्ड नं.३ मा आम भेला

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले लाेक सेवा सदनकाे जग्गा विवाद सम्बन्धि मुद्वा जिल्ला अदालत झापाले लाेक सेवा सदनकाे पक्षमा फैसला सुनाएपछि आज आईतवार आम भेला बाेलाएकाे छ ।
वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीकाे अध्यक्षमा आयाेजित आमभेलामा सहभागी वत्ताहरूले लाेक सेवा सदनकाे सम्पुर्ण जग्गा गाैरीगंज गाउँपालिकाकै संरक्षण र स्वामित्वमा रहनु पर्ने जाेड दिएका थिए । समाजसेवी स्व. भिमप्रसाद चाैधरीले आफ्ना बुबा स्व. लाेकनाथ चाैधरीकाे नाममा लाेक सेवा सदन संस्था खडा गरी २०३४ सालमा संस्थाकाे नाममा रहेकाे र संस्था पछिल्लाे समय निष्कृय रहि मृतक अवस्थामा रहदा स्वतः विघठित भई तत्कालिन गाैरीगंज गाउँपञ्चायत , गाैरीगंज गाविस हुदै हाल गाैरीगंज गाउँपालिकाकाे स्वामित्वमा रहनु पर्ने बताएका थिए । लाेकसेवा सदनसंग मिल्ने अर्काे नामकाे संस्था स्थापना गरी २०५९ सालमा संस्था दर्ता गरी लाेक सेवा सदनकाे जग्गा भुमाफियाकाे हातमा लान चलखेल भईरहेकाे उनीहरूकाे आराेप थियाे । सहभागीहरूले वार्ड नं. ६ काे कार्यालयले वार्ड नं. ३ काे विवादित जग्गाकाे मालपाेत काटेकाे भन्दै आक्राेश पाेखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्याैपाने कुवँर, निवर्तमान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, निर्वतर्मान उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, निवर्तमान वडा अध्यक्ष मखना महताे, श्याम ढकाल, केदार रिमाल, पर्वत राजवंशी, प्रमाेद राजवंशी, सफल खरेल, निरज शर्मा, हेमा आचार्यलगायतले आआफ्नाे धारणा राखेका थिए ।

अामभेलाले लाेक सेवा सदन जग्गा संरक्षण समितिसमेत गठन गरेकाे छ । समितिमा श्याम ढकाल, केदार रिमाल, मखना महताे, बाबुराजा श्रेष्ठ, सफल खरेल, हेमा आचार्य, निरज शर्मालगायत छन् ।
भेलाले गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी लाई भेटी जिल्ला अदालतकाे फैसला लाेक सेवा सदनकाे पक्षमा अाईसकेकाे अवस्थामा अब गाउँपालिकाले पुनर्रावेदन अदालतमा मुद्वा हाल्नु पर्ने , मुद्वाकाे अख्तियारी गाैरीगंज गाउँपालिकाकाे कर्मचारीलाई दिनु पर्ने र वकिलले पाउने पारिश्रमिक निकासा दिनुपर्ने दबाब दिएका थिए । गाउँपालिकाकी अध्यक्ष राजवंशीले पुनरावेदन अदालतमा मुद्वाकाे लागि गाउँपालिकाले स्वमित्व लिने र अख्तियारी दिने विषयमा सकारात्मक रहेकाे बताएकी छिन् । सम्भवत: भाेली साेमवारनै उत्त विषयमा गाउँपालिकाले वैठक बसी निर्णय लिने बताईएकाे छ ।

लाेक सेवा सदनकाे विवादित जग्गा सम्बन्धि मुद्वामा
गाउँपालिकाले हालसम्म ६ लाख १० हजार २ सय ६० रूपैया कानुनी व्यवसायीलाई बुझाएकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।फैसलाकाे पुर्णपाठ

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ९ : ४७ बजे