१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संघिय सरकारबाट गाैरीगंजलाई थप बजेट विनियाेेजन, महेन्द्रनगर बसपार्कलाई ५० लाख, संथाल बस्तीलाई ८० लाख



गाैरीगंज २६, गाैरीगंज गाउँपालिका कै बहुप्रतिक्षित बस पार्ककाे रूपमा चिनिएकाे गाैरीगंज -६ मा अवस्थित महेन्द्रनगर बसपार्क निर्माणका लागि सरकारले ५० लाख ( क्रमागत) बजेट छुट्याएकाे छ ।
पुर्व पश्चिम हुलाकी सडकसंगै जाेडिएकाे उत्त बसपार्कलाई आगामी आर्थिक वर्षका लागि साे बजेट छुट्टयाइएको हाे । संघिय सरकारबाट विनियाेजन गरिएकाे उत्त क्रमागत बजेटबाट बसपार्क निर्माण गरिने गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले जानकारी दिईन् ।

त्यसैगरी गाैरीगंज गाउँपालिका – ६ स्थित खजुरगाछी कृषि बजारलाई क्रमागत २० लाख, वार्ड नं. २ मा एकिकृत संथाल बस्ती निर्माण ८० लाख रूपैयाँ, गाैरीगंज वार्ड नं. १ मा पशु बजार निर्माण ३० लाख रूपैयाँ, गाैरीगंज वार्ड नं. ६ स्थित राजवंशी समाज विकास समिति केन्द्रीय भवन निर्माण २५ लाख रूपैयाँ , ल्याण्ड फिल्ड साइट निर्माणका लागि ७० लाख रूपैयाँ, गाैरीगंज वार्ड नं. ६ खानेपानी सरसफाई याेजनाका लागि ५० लाख संघिय सरकारबाट बजेट विनियाेजन भएकाे गाउँपालिका अध्यक्ष राजवंशीले बताईन् । ।
सरकारले गाैरीगंजकाे समग्र विकासका लागि बजेट विनियोजन गरेकोप्रति अध्यक्ष राजवंशीले धन्यवाद ज्ञापन व्यक्त गरिन् । अध्यक्ष राजवंशीले भने – ‘ हामीले पहल गरेर सरकारबाट वजेट ल्यादिने हाे, नीति निर्माण गर दिने हाे, अब कार्यान्वयन तर्फ सबैकाे ध्यान जानु पर्ने हुन्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १० : ४५ बजे