३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोशी प्रदेस सरकार अल्पमतमा




पुकार चन्द्र सिंह राजबंशी
झापा / नेकपा माओवादी केन्द्रले कोशी प्रदेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ |
प्रदेस राजधानी बिराटनगरमा आज बसेको प्रदेस पदाधीकारी र संसदीय दलको बैठकले हिक्मत कुमार कार्की नेत्त्रित्वको सरकार लाई दिएको समर्थन फिर्ता लिएको छ |
आजै सरकार बाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको प्रदेसका कोषाध्यक्ष रेवतीराज पुरी गगन ले बताए |
माओवादी केन्द्रका तर्फबाट भौतिक पुर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाई र वन वातावरण तथा पर्यटन मन्त्री जिवन आचार्यले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका छन |

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ४५ बजे