१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुकाइएको मकैमा चिप्लिएर दुर्घटना हुदाँ प्याब्सन अध्यक्ष राजवंशी घाईते



गाैरीगंज ८, जेठ / सडकमा सुकाइएको विस्कुनमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक व्यक्ति घाइते भएका छन् । 

गौरीगंज गाउँपालिका प्याब्सनका अध्यक्ष श्याम राजवंशी हुलाकी सडकमा सुकाइएको मकैमा चिप्लिएर दुर्घटना हुँदा घाईते भएका हुन् । उहाँको दाहिने खुट्टा नचल्ने भएको छ । घाईते राजवंशीलाई स्थानिय क्लिनिकमा प्राथमिक उपचार पछि दमक स्थित निम्स अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ ।

पालिकाले आइतबार मात्र हुलाकी राजमार्ग र भित्री पक्की सडकमा विस्कुन सुकाउन, निर्माण सामाग्री नराख्न सर्वसाधारणलाई सूचना जारी गरेको थियो । सूचनालाई बेवास्ता गर्दै विस्कुन सुकाएमा, निर्माण सामाग्री, बालुवा, ढुंगा, गिटीलगायतका सामाग्रीमा राखेर दुर्घटना भएमा सम्बन्धित व्यक्ति नै जवाफदेही हुने र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी गराइएको थियो । 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ६ : ५५ बजे