२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

‘गाैरादह वाणिज्य संघमा गुमेको साख फर्काउने छु’, – अध्यक्षका उम्मेदवार लक्ष्मी बाह्रकाेटी प्रसाई



गौरादह / नेपाली महिला संवैधानिक अंगका राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश मात्र होइन, वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि बनिसकेका छन् । उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष बनेर भवानी राणाले कीर्तिमान राखीन । यसै मेसोमा झापाको गौरादह उद्योग वाणिज्य संघमा पनि महिला अध्यक्षको रुपमा लक्ष्मी बारकोटी, प्रसाई जित नजिक पुगेकी छिन् ।

सामान्यतया महिलाले नेतृत्व गरेका संस्थाहरू मितब्ययी र पारदर्शी हुने गरेका छन् । निवर्तमान अध्यक्ष जेवी कार्कीले थिलथिलो पारेको गौरादह उद्योग वाणिज्य संघलाई पुनर्जीवन दिन लक्ष्मीले निक्कै जोखिम उठाएकी छिन् । कुनै समय गौरादहको ब्यापार ब्यावसाय चम्किएको थियो । दमक र गौरीगञ्जबाट मात्र होइन, गाउँ गाउँबाट बजार भर्न आउनेको लर्को लाग्थ्यो गौरादहमा । तर,३ वर्षको अवधिमा गौरादहको शाख गिरेको छ ।

ब्यापारीहरू विस्थापित भएका छन् । वाणिज्य संघले ब्यापार प्रवर्धन र साना ब्यावसायीलाई कुनै स्पेस दिएन । एक किसिम भन्ने हो भने गौरादहको विरासद फर्काउने जिम्मेवारी काँधमा हाल्न तयार भएर उभिएकी छिन्, लक्ष्मी । त्यसो त उनको अनुभव पनि लोभ लाग्दो छ । सानो पुस्तक पसलबाट २०५६ सालमा ब्यापार यात्रा सुरु गरेकी लक्ष्मीले गौरादह उद्योग वाणिजय संघको कोषाध्यक्ष,झापा उद्योग वाणिज्य संघको सदस्य र सह सचिव भएर काम गरिसकेकी लक्ष्मी बिचार र राजनीति भन्दा माथि उठेर ब्यापारी र उद्योगीहरू सहयोग गर्न प्रतिवद्ध छिन् । उनले भनीन् – संसदीय निर्वाचनमा बैचारिक रुपमा जसले जसलाई मत दिए पनि वाणिज्य संघको निर्वाचनमा ब्यापारीको सुरक्षा, ब्यापार प्रवद्र्धन र लगानी मैत्री वातावरणका लागि तीनै तहका सरकारसँग लविङ गर्ने एजेण्डाले जित्नु पर्छ ।

लक्ष्मीले आफ्ना एजेण्डा नै ब्यापार मैत्री कानूनी वातावरण , कर ब्यवस्थापनका ब्यापारीलाई सहयोग र लगानी मैत्री वातावरण सिर्जना गर्ने रहेको उनले बताइन । महिला उद्यमी झापाकी पूर्व अध्यक्ष समेत रहेकी लक्ष्मीले भनीन–पुरुषहरू बिदेशमा छन् । घरमा बसेका महिलाहरूलाई उद्यममा लगाएर रोजगार सिर्जन ागर्ने वातावरणका लागि मेरो महत्वपूर्ण भूमिका रहनेछ । स्थानीय तहरूले दिने तालिमहरू रोजगार सिर्जनागर्ने खालका छैनन् । रोजगार सिर्जना गर्ने र उत्पादनमा महिला लाई परिचालन गर्ने हो भने आर्थिक समृद्धि सम्भव छ,उनले भनिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ४० बजे