१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुस्लिम समुदायले गाैरीगंजमा एकअर्कामा शुभकामना साटासाट गरी इद भव्यरूपमा मनाए



गाैरीगंज ९, वैशाख / मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाएका छन् ।

ईदको अवसरमा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिरा मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो छ । एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक भन्दै महिला तथा पुरुषहरुले शुभकामना साटासाट गरेका छन् । गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले ईद पर्वकाे अवसरमा मस्जिदमै पुगेर शुभकामना दिएकी छन् । उनीसंगै गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्य माे. आसामुदिन मियाँ, पुर्व वडा सदस्य मुकेश कुमार साहलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ०१ बजे