१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -२ बगाहाचाैधरीमा सांग्वारी सिरूवा तथा सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न



गाैरीगंज ३, वैशाख / गाैरीगंज – २ बगाहाचाैधरीमा नयाँ वर्ष २०८० र सिरूवा पर्वकाे अवसर पारेर शनिवार सांङ्वारी सिरूवा तथा सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे आयाेजना सांग्वारी महिला समुहले गरेकाे थियाे ।
काेच आदिवासीहरू राजवंशी, ताजपुरिया, गन्गाई, थारूलगायतले तीन दिनसम्म भव्यरूपमा मनाउने सिरूवा काे दाेस्राे दिन काद सिरूवा खेल्दै कार्यक्रमकाे आयाेजना गरिएकाे स्थानिय अगुवा युवा दिलिप राजवंशीले जानकारी गराए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ बघाहाचाैधरी स्थित बघाहाचाैधरी महाराज थानमा प्रत्येक वर्ष वैशाख २ गतेका दिन महाराज पुजा गरेर मेला लगाएसंगै भव्यरूपमा स्थानिय भाषाकाे विभिन्न सांस्कृतिक गीत, संगीत तथा नृत्य कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।
राष्ट्रिय गायक बलराम राजवंशीकाे वेजाेड सांगीतिक प्रस्तुतिले मेला भर्नेहरूलाई मनाेरञ्जन प्रदान गरेका थिए । सांग्वारी महिला समुहका अध्यक्ष मनमाया ताजपुरियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँर, वडा अध्यक्षहरू कार्तिकलाल राजवंशी, श्रवण गिरी, किनालाल राजवंशी, वडा सदस्य लाेकेन्द्र ताजपुरिया, नेत्रबहादुर राजवंशी, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, रिता तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बगाहा चाैधरी महाराजथानकाे केही राेचक प्रसंग

बगाहा चाैधरी महाराजकाे नाममा महाराजथान स्थापना गरी शक्ति पीठकाे रूपमा स्थानिय आदिवासी समुदायले पुजाअाजा गर्दै आएकाे ऐतिहासिक देवस्थल हाे । बगाहा चाैधरी महाराज कै नामले उत्त स्थानकाे नाम बगाहा चाैधरी बजारकाे नाममा प्रचलित छ । स्थानिय भीमप्रसाद राजवंशीका अनुसार बगाहा चाैधरी नामकाे मान्छे थिए । उत्त मानिसकाे मृत्यु हुँदा समेत केही दिनमा जिउँदाे भई फेरि मानवकाे रूपमा प्रकट हुन्थे । उनलाई माटाे मुनि गाड्दासमेत पुन: प्रकट भई जिउँदै हुने गर्थे ।
उनकाे अदृश्य शक्तिले स्थानियवासीहरूले आफ्नाे गाउँ -टाेलकाे रक्षा गर्ने विश्वास गरेर ती व्यक्तिलाई महाराजकाे रूपमा पुज्ने गरेकाे जनविश्वास रहेकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ४३ बजे