४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजको नयाँ बजारमा सिरुवा, कोचिला सामाद पत्रिका विमोचन



गाैरीगंज १, वैशाख/ पूर्वी तराईका आदिवासीहरुले महत्वसाथ मनाउने गरेको सिरुवा पावनी तथा नयाँ बर्षको अवसर पारेर झापाको गौरीगञ्जमा राजवंशी समाज विकास समितिले शुभकामना आदनप्रदान तथा मोटरसाइकल रयाली निकालेको छ ।
राजवंशी समाज विकास समिति वडा नं ४ को व्यवस्थापनमा गौरीगञ्ज ४ स्थित नयाँ बजारमा आयोजना गरिएको औपचारिक कार्यक्रमका वक्ताहरुले सिरुवा पर्वको महत्व र यसका विशेषताहरुको बिषयमा चर्चा परिचर्चा गरेका थिए ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्य र रासबिस गौरीगञ्जका अध्यक्ष गोपाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, ४ का वडाध्यक्ष फेका गिरी, कार्यपालिका सदस्य अघ्नु प्रसाद राजवंशी, आदिवासी जनजाती महासंघ गौरीगञ्जका अध्यक्ष तथा गौरीगञ्ज ३ का वडा सदस्य गंगा राजवंशी, रासविस झापाका अध्यक्ष दिनेश्वर राजवंशी, रासविसका सल्लहकार पर्वत राजवंशी, ताजपुरिया समाजकल्याण परिषदका कामदेव ताजपुरिया, यादव सेवा समिति सदस्य पञ्चानन्द यादव, सामाजिक तथा राजनीतिक व्यक्तित्वद्धय बिद्यानन्द राजवंशी लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा परम्परागत भेषभुषामा सज्जिएर हर्षोल्लासपूर्वक मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागिता जनाएका थिए ।
औपचारिक कार्यक्रमको समापनपछि राजवंशी समुदायका युवाहरुले सिरुवा पर्व लेखिएको राजवंशी समाज बिकास समितिद्धारा तयार पारिएको टिसर्टको पहिरनसहित मोटरसाइकल रयाली समेत निकालेका छन । सिरुवा पर्वको महत्व दर्शाउँदै आपसमा शुभकामना साटासाट र एकताको सन्देश दिन पालिकाका विभिन्न ठाउँमा सो रयाली पुरयाइएको आयोजक समितिका अध्यक्ष गोपाल राजवंशीले जानकारी दिए ।
राजवंशी भाषाको पत्रिका प्रकाशित
यसैबीच झापाको गौरीगञ्जमा चार बर्ष अघिदेखि सञ्चालनमा रहेको गौरीगञ्ज मिडिया प्रालिले सिरुवा पावनी तथा नयाँ बर्ष २०८० को अवसर पारेर राजवंशी भाषाको समाचारमुलक रंगिन पत्रिका प्रकाशन शुरु गरेको छ । सिरुवा पावनी विशेष सो कार्यक्रममा राजवंशी भाषामा प्रकाशित कोचिला सामाद त्रैमासिक पत्रिकाको नमुना अंक विमोचन गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथी गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा लगायत कार्यक्रमका अतिथीहरुले सामुहिक रुपमा सो पत्रिकाको विमोचन गरेका हुन । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील गौरीगञ्जका स्थायीबासिन्दा पत्रकार आत्माराम राजवंशी अध्यक्ष रहेको गौरीगञ्ज मिडियाद्धारा प्रकाशित सो पत्रिकाको सम्पादक दमयन्ती राजवंशी रहेकी छन भने भाषा सम्पादनमा गाेपाल राजवंशी र कानुनी सल्लाहाकारमा प्रदिप कुमार राजवंशी रहेका छन् ।
पत्रकार महासंघ झापा शाखाका सचिव लामाले मातृभाषामा पत्रपत्रिका प्रकाशन हुनु सुखद बिषय भएको बताउँदै यसले समावेशी लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे । कोचिला सामादले सूचना हकलाई लक्षित वर्ग सम्म पुरयाउन पहुँचका हिसाबले पछि परेको समुदायको सामाजिक तथा आर्थिक बिकासमा समेत महत्वपूर्ण योगदान दिने उल्लेख गरेका छन ।
कोचिला सामादको १ वैशाखमा प्रकाशित नमुना अंक मार्फत कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, राष्ट्रिय आदिवासी जनजाती उत्थान प्रतिष्ठान केन्द्रिय समिति लगायतले समेत शुभकामना दिएका छन । कार्यक्रमकाे स्वागत रासविस गाैरीगंजका उपाध्यक्ष गंगा प्रसाद राजवंशीले गरेका थिए भने सञ्चालन रासविस गाैरीगंजका सचिव तिलक प्रसाद राजवंशीले गरेका थिए । (फाेटाे फिचर )

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०१ बजे