१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नयाँ बर्ष २०८० साल तथा सिरूवा पर्वकाे शुभकामना, काेचिला सामाद पत्रिका प्रकाशनमा



समय परिवर्तनशील छ । एक पछि अर्को आउने, नयाँबाट पुरानो हुने विषय समयको नियति नै हो । यो नियतिबाट कोही पनि पन्छिन सक्दैन । नव वर्ष २०८० साल पनि त्यहि नियति भित्र पर्दछ । बितेको वर्षबाट पाठ सिक्ने र नया“ वर्षमा त्यसलाई अझ उन्नत र प्रगतीशील बनाउने अवसरको रुपमा नयाँ वर्षलाई लिने गरिन्छ ।
मुलुक गम्भिर अवस्थाबाट गुज्रिरहेको छ । जताततै कालोबजारी, आर्थिक मन्दी, भ्रष्टाचार,विकास निर्माणमा ढिलासुस्तीलगायतका यावत समस्याहरुले मुलुक गाजिएकाे छ । यी विषयहरुबाट पार पाउन सरकार चुकेको देखिन्छ । नविन सोच, दुरदर्शिता र जिम्मेवारीपुर्वक गहन गृहकार्यका साथ अगाडी बढे भने विद्यमान समस्याहरुलाई सजिलै समाधान गर्न वर्तमान सरकार सक्छ । यीनै विषयहरु नयाँ वर्षमा वर्तमान सरकारको पहिलो प्राथमिकतामा परोस् शुभकामना छ ।
हरेक नयाँ वर्षको आगमनसंगै तराईका आदिवासी समुदाय राजवंशी, ताजपुरिया, थारु, गँन्गाई, मेचे, माझीलगायतका जातीहरुलाई सिरुवा पर्वले छुने गर्दछ । तीन दिनसम्म बैशाख १ गते देखि ३ गतेसम्म हर्ष उल्लासका साथ मनाउने यो पर्व उनीहरुको सबैभन्दा ठुलो सांस्कृतिक एवं ऐतिहासिक पर्व हो । यस अवसरमा राज्यले यस वर्ष सिरूवा पर्वकाे अवसरमा झापा र माेरङ्गका कतिपय स्थानिय सरकारहरूले बैशाख ३ गते रङ्ग सिरूवाकाे अवसरमा स्थानिय विदा दिएकाे छ । याे राम्रो र सुखद पक्ष हाे तर विदा दिएर मात्र याे समुदायकाे उत्थान हुन्छ भने हाेईन । यो महान पर्वलाई राज्य तवरबाट संरक्षण र सम्बर्धन गर्नुपर्छ । यसलाई राष्ट्रिय पर्वकाे रूपमा सरकारले घाेषणा गरेर याे सिरूवा पर्वकाे जीवन र जगतसंगकाे सांस्कृतिक महत्वलाई दस्तावेजिकरण गरि संरक्षण र प्रबर्द्धन गर्ने नीति अबलम्बन गर्नु पर्दछ ।
तपाईंहरूकाे अपार माया, साथ सहयाेगले नयाँ वर्ष २०८० काे शुरूवातसंगै गाैरीगंज मिडिया प्रालिले प्रिन्ट भर्सनमा राजवंशी भाषामा काेचिला सामाद त्रैमासिक पत्रिका रंगीनमा प्रकाशन गर्न सफल भएकाे छ । पत्रिकाकाे आज औपचारिकरूपमा विमाेचन हुदैछ । नेपाल बहुजाती, बहु सांस्कृतिक, बहुधार्मिक देश भएकाेले हरेक जातजातिकाे आ-आफ्नै भाषा, रहनसहन, पहिचान र ईतिहास छ । सबै जातजातिकाे पहिचान, संस्कृति, ईतिहास संरक्षण र सम्बर्द्धन गर्नु राज्यकाे दायित्व भित्र पर्दछ । यसै सन्धर्भमा गाैरीगंज मिडिया प्रालिले आज वैशाख १ गतेदेखि प्रकाशन गर्न लागेकाे काेचिला सामाद पत्रिकाकाे माध्यमबाट राजवंशी भाषा, संस्कृति र पहिचानलाई संरक्षण र सम्बर्द्धन गर्नुकाे साथ साथै युग सुहाउदाे अाफूलाई परिमार्जित गर्दै विभिन्न ऐतिहासिक विषय, पहिचानका विषय, सामाजिक समस्या र युवा पिढीलाई उत्प्रेरित गर्ने विषयकाे उठान गरी छलफल र बहसकाे माध्यमबाट अवगत र जानकारी गराउने र त्यसकाे समस्या समाधान त्यस तर्फ डाेर्याउन एउटा प्लेट फर्मकाे रूपमा स्थापित हुने विश्वास लिएका छाै ।
अन्तमा, यस ऋतुमा बोट–विरुवाहरुमा पलाएका पालुवाहरुले सिरुवा पर्वको आभाष दिलाइरहेका छन् । यही आभाषलाई साकारोक्ति नयाँ साल २०८० ले गर्नेछ भनेर हामी नेपाली आशावादी मात्र होइन, विश्वस्त पनि छौं । यति मात्र कहाँ हो र ? नेपाली सभ्यताको विविध सांस्कृतिक रंगहरुमध्ये रंगमय, उल्लासमय पर्व सिरुवा आजदेखि नयाँ वर्ष संगै हरेक नेपालीको घर आगनमा टेक्दैछ । रङ्ग, पानी र हिलो खेली तीन दिन सम्म मनाउने यो पर्वले सबै नेपालीमा हर्ष उल्लास छाओस्, उन्नति प्रगति हात लागोस् , सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै गाैरीगंज मिडिया प्रालि द्वारा सञ्चालित काेचिला न्युज परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ४२ बजे