४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

 नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन



दमक, २८ फागुन । नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन भएका छन् । संघको नवौ जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रम अन्तगर्त आज उम्मेदवारी मनोनयनमा दाहालको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।उनीसंगै संघको जिल्ला कार्यसमितिसहित ,प्रदेश तथा संघीय महाधिबेशन प्रतिनिधिहरु समेत निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार संघको महिला उपाध्यक्षमा धनकुमारी खरेल, उपाध्यक्षमा कुमार खतिवडा, सचिवमा देवेन्द्रचन्द्र सिंह राजवंशी, अर्थसचिवमा गणेश गिरी, सहसचिवमा युवराज कटेल,महिला सहसचिवमा रिता निरौला, अर्थसहसचिव तुलसा खरेल मैनाली, समावेशी सहसचिवद्धयमा मनकुमार योङ्गहाङ , हरिप्रसाद राजवंशी चुनिएका छन् ।
यस्तै, जिल्ला सदस्यमा खुल्लातर्फ टंकप्रसाद तुम्बापो ,हरिप्रसाद प्रसाई, रुद्रप्रसाद धमला ,तेजस्वी पौडेल र महिला सदस्यतर्फ देवकी कुमारी राजवंशी, सिता सिटौला दाहाल र निर्मला पोख्रेल चुनिएकी छन् ।
यसैगरि, प्रदेश प्रतिनिधितर्फ तेजप्रसाद चम्लागाई, नरहरि न्यौपाने,कृष्ण प्रसाद वन, लिला प्रसाद भण्डारी,भरत भट्टराई , महिलातर्फ मेनुका दाहाल,भूमादेवी आङदेम्बे, फूलहेरा खातुन चुनिएकी छन् ।यसैगरि संघीय महाधिबेशन प्रतिनिधिमा क्रमशः नेत्र प्रसाद खरेल,चित्रकला ओली, रुपक दाहाल,बद्री कार्की,भवानीप्रसाद लुईटेल,कृष्णमाया र अनिता रिजाल चुनिएकी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ०४ बजे