१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नं. १ काे नाम ‘काेशी’ दुई तिहाईले पारित



विराटनगर १७, फागुन / प्रदेश १ को नाम ‘कोसी’ पारित भएको छ । बुधबार बसेको प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेश १ को नाम ‘कोसी’ दुई तिहाइले पारित भएको हो ।

नेकपा एमालेको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले पनि समर्थन गर्दै मतदान गरेका हुन् ।

यसैबीच स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशको नाममा असहमति जनाउँदै पहिचान पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ०३ बजे