१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाद्वारा कृषक समुहलाई आर्थिक अनुदान, सिंचाईमा निःशुल्क



गाैरीगंज १७, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. १ का दुई वटा कृषक समुहहरूलाई कृषि औजारलगायत विउ विजन र सिंचाइमा अनुदान दिईएकाे छ ।
गाैरीगंज -१ का श्यालडाँगी उद्यमशिल कृषक समुह श्यालडाँगी र ईन्द्रेणी महिला कृषक समुह रंगीयाथानलाई गाैरीगंज गाउँपालिकाले जाईका र कन्काई नहरसंगकाे सहकार्यमा कृषिमा आर्थिक अनुदान दिईएकाे हाे ।
गाैरीगंज गाउँपालिकाले जाईका र कन्काई नहरकाे सहकार्यमा विउविजन, कृषि औजार र सुक्ष्म खाद्य तत्वहरू खरिदका लागि ३ लाख रूपैयाँ अनुदान दिएकाे कृषि शाखा गाैरीगंजका प्रमुख भिमा राईले जानकारी दिईन् । कृषक समुहहरूलाई खेतमा सिंचाईकाे लागि निःशुल्क पानीकाे व्यवस्थापन गर्नुे सम्झाैता भएकाे हाे ।
मंगलबार एक अनाैपचारिक कार्यक्रम गरी पहिलाे चरणमा श्यालडाँगी महिला कृषि समुह र ईन्द्रेणी कृषि समुहका सदस्यहरूलाई १३ प्रकारका सागसब्जीका विउविजन प्रदान गरिएकाे थियाे ।
भिण्डी, काक्रा, फर्सि, घिराैला, बाेडी, करेला, भिंगनी, खुर्सानी, लाैका, लाैका, लट्ठे पहिलाे चरणमा कृषि अ वितरण गरिएकाे कृषि शाखाका कृषि सहायक प्राविधिक नवराज सुवेदीले बताए । करिब ३० जना सदस्यहरू रहेकाे उत्त समुहहरूलाई कन्काई नहरकाे शाखा ७ प्रशाखा ४ र शाखा १० प्रशाखा १० र ११ ले सिंचाईकाे व्यवस्थापन गर्ने जनाईएकाे छ । गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले गाउँपालिकाले विशेष गरी जाईका र कन्काई नहरसंग पहिलाे चरणमा सहकार्य गरी २ वटा समुहहरूलाई छनाैट गरी लगानी गरेकाे हुनाले लगनशील भई कृषकहरूले उत्कृष्ट समुहकाे रूपमा अगाडि बढ्नु पर्ने धारणा राखिन् ।
गाउँपालिकाकाे ३ लाख रूपैयाँ आर्थिक अनुदान र जाईकाकाे सहयाेग रहने गरी सहकार्य भएकाे छ आफुलाई आवश्यकता पर्ने सागसब्जी मात्र हाेईन सम्पुर्ण गाैरीगंजवासीले खान पुग्ने र उपयाेग गर्न पाउनु पर्ने गरी सागसब्जी उत्पादन गर्नु पर्ने धारणा राखिन् । ‘याे सहकार्यले राेजगारीकाे सिर्जना गर्ने काम भएकाेले उत्पादित सागसब्जी गाैरीगंजवासीलाई पुर्याएर बाहिर विक्री वितरण गर्न गरी समुहहरूले कार्य गरे गाउँपालिकाले थप आर्थिक लगानी गर्ने छ ,’ अध्यक्ष राजवंशीले प्रतिवद्वता जाहेर गरिन् ।
गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले वितरण गरिएकाे विउविजन सहि ढंगबाट व्यवस्थापन गरी २ वडा समुहहरूले काे फस्ट हुने भावनाका साथ अगाडी बढ्नु पर्ने धारणा राखिन् । नमुना समुहकाे रूपमा काम गर्नु पर्ने धारणा राख्दै सबैले जाेश जागर भएर काम गर्नु पर्नु उपाध्यक्ष कुवंरले बताईन् । आफुहरू समय समयमा अनुगमन अाउने र गाउँपालिकाकाे मान ईज्जत र नाम पनि
राख्ने गरी समुहका सदस्यहरू काम गर्नु पर्ने उपाध्यक्ष कुवँरले बताईन् । कार्यक्रममा जाईकाका प्रतिनिधि भुमि काफ्लेलगायत कृषक समुहका प्रतिनिधिमुलक सदस्यहरूकाे सहभागीता थियाे । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ५५ बजे