५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चाेरी मुद्वामा फरार गाैरीगंजका एक व्यक्ति २ बर्षपछि पक्राउ



गाैरीगंज २६, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने चोरी मुद्दामा फरार एक प्रतिवादी २ बर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका ३० वर्षीय सदर कुमार माक्रा रहेका छन् ।

झापा जिल्ला अदालतले ०७७ माघ २२ गते चोरी मुद्दामा उनीविरुद्ध ६ महिना कैद र ५ हजार जरिवाना सजाय सुनाएको थियो ।

बुधबार पक्राउ परेका उनलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएकाे झापा जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : २८ बजे