१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज-३ निवासी जानकीदेवी यादवले पति र छाेराहरूकाे स्मृतिमा सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान यज्ञ लगाईन् ( फाेटाे फिचरसहित)



गाैरीगंज १०, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं.३ निवासी जानकी देवी यादवले आयाेजना गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ विधवत रूपमा आज मंगलबार सम्पन्न भएकाे छ ।
दिवंगत आफ्ना श्रीमान् उदयलाल यादव, छाेराहरू अरूण यादव र सन्ताेष यादवकाे स्मृतिमा आयाेजना गरेकाे सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान यज्ञकाे प्रमुख कथा वाचिका साध्वी सावित्री बाई थिईन् । यस धार्मिक अनुष्ठानकाे आयाेजनामा उनकी बुहारीहरू कल्पना यादव र पुष्पा यादवकाे मुख्य भुमिका थियाे ।
प्रमुख कथा वाचिका साध्वी सावित्री बाईले हप्तादिन भरि श्रीमद् भागवतका विभिन्न कथा, धार्मिक प्रवचन, गीत संगीत र श्लाेकहरू सुनाएकि थिईन् । माघ ४ गते देखि माघ १० गतेसम्म भएकाे श्रीमद् भागवत ज्ञान यज्ञमा सहभागी सतद्गुरूवे अनुयायीलगायत अन्य मानिसहरूले अात्मीक ज्ञान र धार्मिक प्रवचनकाे लाभ लिएका थिए । स्व. उदयलाल यादवका भतिज घनश्याम यादवले श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा सहभागीहुने सम्पुर्ण सद्गुरूवे अनुयायीलगायत सम्पुर्ण महानुभावप्रति अाभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए ।

सप्ताहिक धार्मिक अनुष्ठानमा जानकी देवी यादवकी छाेरीहरू रूपा विश्वास, बबिता यादव, छाेरी ज्वाईहरू सुरेन्द्रमाेहन विश्वास, दयानन्द यादव, नातिनातिनाहरू निसी, राेहन, साैरज, दिवान्सु, राहुल, अभिषेक, सुशान्त, शुभम् कुमार, श्रेया भारती, कृष्णराजलगायतकाे पारिवारिक जमघट थियाे ।
स्व. उदयलाल यादवकाे ६ बर्षअघि आफ्नै निजिनिवासमा असामयिक निधन भएकाे थियाे । पति वियाेगमा रहेकी जानकी देवीले दुई छाेराहरू अरूण र सन्ताेषलाई यसअघि नै गुमाईसकेकी थिईन् ।
स्व. उदयलाल यादव गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज माविका पुर्व प्रधानाध्यापक हुन् । लामाे समयसम्म गाैरीगंज माविमा प्रधानाध्यापककाे रूपमा सेवा दिएका स्व. यादवले विद्यालयकाे शैक्षिक सुधार एवं भाैतिक सुधारमा ब्यापक परिवर्तन ल्याएका थिए । झापा जिल्लाकै सबैभन्दा पुरानाे सामुदायिक विद्यालय मध्ये गाैरीगंज मावि जिल्लामै चिनिने विद्यालय हाे ।तत्कालिन गाविस र नगरपालिकाहरूकाे राज्य पुनर्संरचना हुँदै गर्दा तत्कालिन गाैरीगंज गाविस, खजुरगाछी गाविस, काेराेवारी गाविस र महावारा गाविस मिसाएर गाैरीगंज गाउँपालिका हुनुपर्ने माग चलेका बेला स्व.यादवले त्यसकार्यकाे मुख्य भुमिकामा थिए । जिल्लाकै पुरानाे प्रशासनिक केन्द्र र गाैरीगंजकाे छुट्टै पहिचान रहेकाेले छुट्टै स्थानिय तह बनाउन नेपाली कांग्रेसका जिल्ला तथा केन्द्र स्तरका नेताहरूलाई दबाब दिएका थिए ।

स्व. उदयलाल यादव

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ३७ बजे